मंसिर ४ चुनाव : कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीले पनि मतदान गर्न पाउने !

काठमाडौं : निर्वाचन आयोगका आयुक्त दिनेश थपलियाले चुनावमा खटिने कर्मचारीलाई अस्थायी रूपमा मतदाता परिचय पत्र बनाएर भोट दिन पाउने व्यवस्था गर्ने बताएका छन्।बिहीवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, ब्यारेकमा रहेका सुरक्षाकर्मीहरू, थुनुवा कैदीबन्दीलाई अस्थायी मतदाता नामावली तयार गरेर भएपनि समानुपातिकतर्फ मतदान गर्न दिनुपर्ने विषयलाई आयोगले गम्भीरतापूर्वक लिएको बताए।सम्भवत: यो चुनावमा यो माग पूरा गर्न आफूहरूको प्रयत्न रहने उनले स्पष्ट पारे।सरकारल

सम्बन्धित सामग्री

मतदान स्थल पुग्दै कर्मचारी र सुरक्षाकर्मी : कतै बाक्लो हिउँले समस्या

काठमाण्डाै - पर्सि आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुग्न थालेका छन् । निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन पूरा भएको जनाएको छ। कतिपय कर्मचारी र सुरक्षाकर्मी यसअघि नै चुनाव सामग्रीसहित मतदान स्थलमा पुगिसकेका छन् । मुख्य  निर्वाचन  कार्यालय  र निर्वाचन कार्यालयबाट मतदान स्थल र केन्द्रमा खटिएका कर्मचारी आवश्यक सामग्री बुझेर कार्यस्थलमा खटिन थालेका निर्वाचन आयोगले जनाएको छ । उनीहरुले बुझेको  सामग्री  प्रहरीको  सुरक्षा...

तुलसीपुर १७ मा मंगलबार चुनाव हुँदै

दाङ : जिल्लाका १० स्थानीय तह मध्ये केहीको नतिजा आइरहेको समयमा मंगलबार भने तुलसीपुर उपमहानगरपालिका १७ मा निर्वाचन हुन लागेको छ।एमालेबाट वडा नम्बर १७ मा वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएपछि गत बैशाख ३० गते निर्वाचन स्थगित भएको हो।मतदानका लागि सम्पूर्ण तयारी पूरा भैसकेको निर्वाचन कार्यालयले जनाएको छ। मतपत्र सम्बन्धित स्थानमा पुगिसकेको बताइएको छ। मतदानका लागि कर्मचारी एवं सुरक्षाकर्मी परिचालन भैसकेका छन्।मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ।&nbs

सिम्ता गाउँपालिकामा सोमवार पुन: मतदान

कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिका–१ भगवती मावि खनेटा केन्द्रमा सोमवार पुन: मतदान हुने भएको छ । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको विषयमा तनाव सृजना हुँदा शुक्रवार मतदान स्थगित भएको थियो । स्थगित चुनाव सोमवार विहान सात बजेदेखि ५ बजेसम्म हुने भएको हो । निर्वाचन अधिकृत नारायण सापकोटाले मुख्य निर्वाचन अधिकृत र प्रदेश निर्वाचन कार्यालयबाट मतदान अधिकृतसहितको कर्मचारी, मतपत्रलगायतका आवश्यक सामग्री मतदान केन्द्रमा पुगेको जानकारी दिए । पुन: मतदान हुने भएपछि यसअघि नियुक्त मतदान अधिकृत र अन्य निर्वाचन कर्मचारी हटाइएका थिए । त्यस्तै, जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले थप सुरक्षाकर्मी पनि पठाउने तयारी गरेको छ । पूर्वी सुर्खेतमा पर्ने उक्त मतदान केन्द्रमा ८३९ मतदाता छन् । यहाँ मतदान स्थगित हुँदा सिम्ता गाउँपालिकामा आइतवार साँझसम्म पनि मतगणना शुरू भएको छैन । रासस

म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे

म्याग्दी । स्थानीय तह चुनाव सञ्चालन गर्न म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदानस्थलका ११४ ओटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मंगलवार केन्द्रमा पुगेर मतदान अधिकृतले सूचना टाँसेका जानकारी दिए । बुधवार र बिहीवार मतदान केन्द्रमा सर्वदलीय, सर्वपक्षीय बैठक, मतदान केन्द्र निर्माण र मतदाता परिचयपत्र वितरणका साथै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । एकाघरको सदस्यलाई मतदाता परिचयपत्र दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ लागेका हुन् । कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेपछि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । चुनावका लागि म्याग्दीमा कुल २ हजार २५ कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । मतदान केन्द्रमा ५६१ कर्मचारी र एक हजार ४६६ सुरक्षाकर्मी परिचालन भएका हुन् । १ सय १४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २२८ सहायक कर्मचारी, ११४ सहयोगी कर्मचारी गरी जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन् । निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ६१८ म्यादी प्रहरी नियुक्त भएका छन् । ३ सय ८० नेपाल प्रहरी, २०६ सशस्त्र प्रहरी, २६२ नेपाली सेना परिचालन भएका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । रासस

बसको छतमा चढेर सुरक्षाकर्मी र कर्मचारी मतदान केन्द्र प्रस्थान

दाङमा निर्वाचनका लागि सम्पूर्ण सामाग्रिसहित सुरक्षाकर्मी र कर्मचारीहरु सोमवार मतदान केन्द्र प्रस्थान गरेका छन्। मतदान अधिकृत सहितका कर्मचारीहरु मतपत्र र निर्वाचनका अन्य ६४ प्रकारका सामाग्रिहरु सहित चुनाव गराउन सम्वन्धित मतदात केन्द्रमा प्रस्थान गरेको दाङका सहायक निर्वाचन अधिकृत भुपाल भण्डारीले जानकारी दिए। अति सम्बेदनशिल क्षेत्रका मतदान केन्द्रमा प्रहरी नायब निरीक्षक र सम्बेदनशिल तथा सामान्य मतदान केन्द्रमा…

तेस्रो चरणको चुनाव तयारी अन्तिम चरणमा

प्रदेश २ का आठै जिल्लामा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । सुरक्षाकर्मी र कर्मचारी सम्बन्धित मतदान केन्द्र पुगिसकेका छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । हरेक जिल्लामा ३ देखि ८ हजारसम्म सुरक्षाकर्मी खटिएका छन् ।