प्रधानमन्त्रीको प्रेस सल्लाहकारलाई बिर्सेर पत्रकारिताको प्राध्यापकका हिसाबले भन्दा ती फोटो पत्रकारको गल्ती नै हो भन्ने लाग्छ त? भन्ने सेतोपाटीको प्रश्नमा अर्यालले भने, ‘गल्ती र नगल्ती म भन्दै भन्दिनँ। मैले कतै त्यस्तो भनेको पनि छैन। मैले के भनेको छु भने भीडन्तमा पर्दा यस्ताखाले घटना हुन्छन्। निषेधित क्षेत्र भनेको ठाउँमा पत्रकार प्रेस पास लिएर जाने होइन। परबाट खिच्न पाइन्छ। कहीँ पनि पत्रकार त्यहाँ जाँदैन।’