प्रमका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई पुनः कोरोना सङ्क्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।  पीसीआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उनका स्वकीय र  निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको थियो ।परीक्षणका क्रममा प्रधानमन्त्