काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले परचक्रीको सेवाको नियतलाई स्विकार गर्नु किमार्थ उचित नहुने सुझाव दिएका छन्। कोरोना भएर आइसोलेसनमा रहेका थापाले ट्वीट गर्दै यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीले लिने विश्वासको मत कसैको मनोगत शर्त र कुण्ठासँग सौदावाजी गर्न भनी मजाक गरेको देखिएको उनले उल्लेख गरेका छन्।