सिबिआईएल क्यापिटल अब सिटिजन्स् क्यापिटल

सिबिआईएल क्यापिटल लिमिटेडले नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड राखेको छ। कम्पनीको चौथौ विशेष साधारणसभाले पारित गरेको निर्णय अनुसार सिबिआईएल क्यापिटल लिमिटेडले प्रचलित नियमहरूको पालना गर्दै आफ्नो नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड राखेको ...

सम्बन्धित सामग्री

नयाँ दुई म्युचुअल फण्ड सञ्चालनमा आउने, सेबोनबाट स्वीकृति पाए

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई नयाँ म्युचुअल फण्डलाई इकाई निष्कासन गर्न स्वीकृति दिएको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र आरविवि म्युचुअल फण्ड २ ले इकाई निष्कासन गर्न अनुमति पाएका हुन् । सिटजिन्स म्युचुअल  फण्डअन्तर्गत सञ्चालनमा आउने सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि चैत ५ गते स्वीकृति पाएको हो । कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिबिआईएल क्यापिटल लिमिटेड रहेका छन् । स्वीकृति पाएसँगै यो योजनाले रू. १० अंकित दरका कुल १० करोड बराबरको इकाई विक्री खुला गर्नेछ ।  त्यस्तै आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने आरविवि म्युचुअल फण्ड २ योजनाले १२ करोड इकाई निष्कासन गर्न चैत ५ गते स्वीकृति पाएको हो । कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । स्वीकृति पाएसँगै योजनाले रू. १० अंकित दरका कुल १२ करोड बराबरको इकाई बिक्री खुला गर्नेछ । यी दुवै बन्दमुखी योजना हुन् ।

सिबिआईएल क्यापिटलमा स्वतन्त्र सञ्चालक नियुक्त

सिबिआईएल क्यापिटल लिमिडेटको स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । यही पौष २४ गते बसेको १०५औं सञ्चालक समितिको बैठकले साविकका स्वतन्त्र सञ्चालक रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेको पदावधि समाप्त भइ रिक्त रहेको पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुललाई नियुक्त गरेको हो । स्वतन्त्र सञ्चालक जोत्सना बोहोरा पाण्डेको विभिन्न बिमा कम्पनीहरुमा १८ वर्षभन्दा बढीको व्यवस्थापकीय […]

सिटिजन्स बैंकद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

फागुन १, काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनलले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।  कम्पनीले आव २०७२/ ७३ को लिन बाँकी नगद लाभांश लिन भनेको हो । कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार सिबिआईएल क्यापिटल बाटुलेघर, डिल्लीबजारमा आवश्यक कागजातसहित सम्पर्क गर्न पनि भनेको छ । कम्पनीले निर्धारित समयभित्र नगद लाभांश लिन नआएमा उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी पनि दिएको छ । शेयर रजिष्ट्रारमा सिबिआई एल क्यापिटल लिमिटेड रहेको छ ।

डिम्याट खाता नबिकरण गर्न सिबिआईएल क्यापिटलको अनुरोध

असार २८, काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नबिकरण गर्न अुनरोध गरेको छ । उक्त क्यापिटलले आव २०७७/ ७८ सम्मको डिम्याट खाता सञ्चालन गरेबापत वार्षिक शुल्क बुझाउन भनेको हो ।  हितग्राहीहरुले असार मसान्तभित्र डिम्याट खाताको वार्षिक शुल्क रू. १०० बुझाउनु पर्नेछ । हितग्राहीले क्यापिटलको ०४८०१००००००५३३०१ खाता नम्बरमा वार्षिक शुल्क बुझाउन भनिएको छ । समयमानै यो शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुनेछ ।  साथै मरो शेयर सेवा लिएका हितग्राहीहरुले पनि सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नबिकरण गर्नुपर्ने हुन्छ । डिम्याट खाताको वार्षिक नबिकरण शुल्कसँगै मेरो शेयरको सेवा शुल्क पनि बुझाउन क्यापिटलले अनुरोध गरेको छ ।

सिटिजन्स बैंकद्वारा दुई ओटा आर्थिक वर्षको कर वापतको रकम बुझाउन अनुरोध

जेठ ३१, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साविक तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनस शेयर वापत लाग्ने कर वापतको रकम भुक्तानी गर्न अनुरोध गरेको छ ।  सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरी चैत  १४ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १०० : ९६ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गरेको हो ।  तिनाउ मिसन डेभलपमेण्ट बैंकले गत आर्थिक वर्ष २०७६/ ७७ र अघिल्लो आर्थिक वर्ष २०७५/ ७६ का लागि वितरण गर्ने निर्णय गरेको बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै जम्मा गर्ने भएकाले कर वापतको रकम स्वयम् शेयरधनीहरुलाईनै जम्मा गर्न बैंकले आग्रह गरेको छ । बैंकले गत आर्थिक वर्ष ६ प्रतिशत र अघिल्लो आर्थिक वर्ष १२ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । कर वापतको नगद लाभांश भने बैंकले नदिएकाले शेयरधनी आफैले जम्मा गर्नुपर्ने छ । बैंकले कर वापतको रकम जम्मा गर्न बाँकी शेयरधनीहरुले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नारायणहिटिपथ, काठमाडौंमा रहेको खातामा जम्मा गर्नुपर्ने छ । बैंकको शेयर रजिष्ट्रारमा सिबिआईएल क्यापिटल रहेको छ ।