असार २८, काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नबिकरण गर्न अुनरोध गरेको छ ।
उक्त क्यापिटलले आव २०७७/ ७८ सम्मको डिम्याट खाता सञ्चालन गरेबापत वार्षिक शुल्क बुझाउन भनेको हो ।
हितग्राहीहरुले असार मसान्तभित्र डिम्याट खाताको वार्षिक शुल्क रू. १०० बुझाउनु पर्नेछ । हितग्राहीले क्यापिटलको ०४८०१००००००५३३०१ खाता नम्बरमा वार्षिक शुल्क बुझाउन भनिएको छ ।
समयमानै यो शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुनेछ । साथै मरो शेयर सेवा लिएका हितग्राहीहरुले पनि सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नबिकरण गर्नुपर्ने हुन्छ । डिम्याट खाताको वार्षिक नबिकरण शुल्कसँगै मेरो शेयरको सेवा शुल्क पनि बुझाउन क्यापिटलले अनुरोध गरेको छ ।