फागुन १, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।
कम्पनीले आव २०७२/ ७३ को लिन बाँकी नगद लाभांश लिन भनेको हो । कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार सिबिआईएल क्यापिटल बाटुलेघर, डिल्लीबजारमा आवश्यक कागजातसहित सम्पर्क गर्न पनि भनेको छ ।
कम्पनीले निर्धारित समयभित्र नगद लाभांश लिन नआएमा उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी पनि दिएको छ । शेयर रजिष्ट्रारमा सिबिआई एल क्यापिटल लिमिटेड रहेको छ ।