नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले माओवाद सार्वभौम विचार रहेको बताएका छन् । शुक्रबार राजधानी संवाद डबलीमा वामपन्थी बुद्धिजीवी डा ऋषिराम बरालको ‘सार्वभौम माओवाद र उत्तरमाक्र्सवादी विभ्रम’ पुस्तक विमर्श कार्यक्रममा उनले सो बताएका हुन् । प्रमुख वक्ताका रूपमा धारणा राख्दै माओवादी नेता किरणले माओवाद मार्क्सवाद लेनिनवादबाट अलग नरहेको र सम्पूर्ण किसिमका प्रतिक्रियावादी विचार र शक्तिका साथै उत्तरमाक्र्सवाद र संशोधनवादका विरुद्ध माओवादले नै सङ्घ