हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली काँग्रेसको भागमा परेसँगै काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिले केन्द्रीय निर्णय विपरित जाने बताएको छ । उपमहानगर समितिले केन्द्रको निर्णय नमान्ने र निर्णय सच्याउनसमेत माग गरेको छ ।समितिले सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रलाई निर्णयमाथि पुनरावलोकन गर्न आग्रह गरेको छ । समितिले निर्णय पुनरावलोकन नभएको खण्डमा हेटौंडामा गठबन्धन नगरी १९ वटै वडामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । मेयर पदका आकांक्षी समेत रहेका न