काठमाडौँ : काठमाडौँ महानगरका प्रमुख बालेन साहले सुकुमवासीलाई भोटका लागि प्रयोग नगर्न चेतावनी दिएका छन्। मंगलवार उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई जवाफ दिँदै यस्तो चेतावनी दिएका हुन्।ओलीले मंगलवार दिउँसो काठमाडौं महानगरले काठमाडौंको थापाथलीस्थित सुकुमवासी वस्तीमा डोजर चलाएकोप्रति आपत्ति प्रकट गरेका थिए। उनले डोजर चलाउने भए सुकुमवासी समस्या समाधान आयोग किन गठन गरेको भनेर बालेनलाई चुनौती दिएका थिए।बालेनले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुमवासीको समस्या समाधान गर