निराशा चिर्दै भरोसा जगाउने लक्ष्य

मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्नका लागि नीतिगत सुधार गर्ने, समाजमा व्याप्त निराशा चिर्दै भरोसा जगाउने लक्ष्यका साथ सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ ।

सम्बन्धित सामग्री

जनतामा रहेको निराशा चिर्ने सरकारको सङ्कल्प

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो । जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ । सत्तारूढ गठबन्धनमा नेपाल कम्युनिष्ट …

साझा संकल्पमा निराशा चिर्ने प्रतिबद्धता

निराशा चिर्ने, भरोसा जगाउने भन्दै सत्ता साझेदार पाँच दलले मंगलबार साझा संकल्पसहितको नीतिगत कार्यक्रम सार्वजनिक गरेका छन्।

गठबन्धनको साझा संकल्प र प्राथमिकता- निराशा चिर्ने, भरोसा जगाउने (पूर्णपाठ)

‘निराशा चिर्दै आशा जगाउँदै’ भनेर सुरू गरिएको प्रस्तावनामा समाजमा प्रकट नैराश्यता आक्रोश र नकारात्मक सोचमा परिवर्तन गरी सबै संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धि रक्षा गर्ने उल्लेख छ ।

साझा सङ्कल्प सार्वजनिक : निराशा चिर्दै भरोसा जगाउने लक्ष्य !

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्नका लागि नीतिगत सुधार गर्ने, समाजमा व्याप्त निराशा चिर्दै भरोसा जगाउने लक्ष्यका साथ सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलगायतका शीर्ष नेताको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो ।  सङ्कल्पमा वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने लक्ष्य राखिएको छ । रोजगारी, उद्यमशीलता र स्वदेशी उत्पादनलाई जोड दिने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, भौतिक पूर्वाधार विकास र अन्तर निकाय समन्वयलाई जोड दिने विषयलाई पनि साझा सङ्कल्पमा महत्वका साथ स्थान दिइएको छ ।  ऊर्जा विकास, सूचना र सञ्चार, भूमि व्यवस्था, वन तथा वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव महिला सहभागिता, सशक्तीकरण र सामाजिक समावेशीता, सङ्क्रमणकालीन न्याय र दिगो शान्ति, राष्ट्रियहितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिलगायत विषयलाई विशेष महत्वका साथ साझा सङ्कल्पमा स्थान दिइएको छ । रासस

सत्तारुढ पाँच दलको संकल्प : प्राथमिकता र साझा संकल्प संघीयता कार्यान्वयनमा जोड

‘निराशा चिर्दै, भरोसा जगाउँदै’ भन्ने मूल नाराका साथ सत्ता गठबन्धनको पाँच राजनीतिक दलले  ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गरेका छन् ।

‘विश्वास गर्दा धोका, भरोसा राख्दा निराशा’

अहिले आशा गरिएका युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतले पदाधिकारी बनेको दुई वर्षसम्म पनि भरोसा जगाउन सकेनन्।...

प्रचण्डका कारण माओवादी नाम मात्रको भयो

देश परिवर्तनका लागि १० वर्ष सशस्त्र युद्धपछि सरकारको नेतृत्वमा पुग्दासमेत माओवादीले जनतालाई भरोसा दिन सकेको छैन। देशभर जनस्तरमा, समाजमा, राजनीतिक पार्टीमा, पार्टी कार्यकर्तामा सबै तहमा निराशा बढ्दो छ। यो परिस्थिति निम्तनुमा को बढी जिम्मेवार छ ? को जवाफदेही बन्नुपर्छ ? भन्ने विषयमा जोडिएर नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित […]

रवि लामिछानेलाई पत्र : तपाईंमाथि जनताको भरोसा छ

प्रिय रवि भाइ,सर्वप्रथम यो ऐतिहासिक विजयका निम्ति हार्दिक बधाई छ। साथै, पार्टीलाई यति छोटो समयमा राष्ट्रिय मान्यता दिलाउन सफल भएकोमा झन् धेरै बधाई। जनताको मायासहित लोकप्रियता चुलिँदै जाओस्, शुभकामना।तपाईँमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीसामु मेरा केही जिज्ञासा र सुझावहरू छन्, यसमा विशेष ध्यान दिँदा तपाईँको छवि र जनताको तपाईँप्रतिको भरोसाले उच्चता पाउनेछ भन्नेमा विश्वस्त छु।* तपाईँ देशको सच्चा सेवक हो भन्नेमा तपाईँप्रति जनता ढुक्क रहेको अवस्था छ, त्यसलाई निराशा र मिथ्यामा बदलिने मौका नदिनु।* नेपा