धनगढी : सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेका बेला चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था भने निराशाजनक छ।हालसम्म प्रदेशको कूल विनियोजित बजेटको ३६ प्रतिशत मात्र खर्च भएको तथ्याङ्क छ। चालु आर्थिक वर्षका लागि ३० अर्ब ५५ करोड ४ लाख ५४ हजार रुपैयाँको बजेट विनियोजन गरेको प्रदेशले जेठ दोस्रो सातासम्म ११ अर्बको हाराहारीमा मात्र बजेट कार्यान्वयन गर्न सकेको हो।केही समय कोरोना भाइरस र अहिले आएर निर्माण कम्पनीहरुले मूल्यवृद्धिको विरोध गर्दै काम नै ठप्प पारेपछि पूर्वा