काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच शुक्रबार मध्यराति सहमति भएसँगै काठमाडौंको फोहोर आजबाट उठ्ने भएको छ । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीचको सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । स्थानीयवासीका लागि महानगरले नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको १८ बुँदे सहमति भएको छ ।