राम्रोसँग खुलेन उपत्यकाको आकाश, अपराह्नपछि पानी पर्ने सम्भावना

१९ चैत काठमाडौं । काठमाडौं उपत्यकासहितका पहाडी भूभागमा बिहीबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अपराह्नपछि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु वासीले बताइन् । शुक्रबारदेखि पुनः पानी पर्ने प्रणाली कमजोर हुने पूर्वानुमान गरिएको उनले बताइन् । बुधबार बेलुका काठमाडौं उपत्यकासहितका […]

सम्बन्धित सामग्री

आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।  उहाँका अनुसार देशका अरू ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय रेखाको प्रभावका कारण अबको तीन दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने सम्भावना छ । त्यही...

आज देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाण्डाै - आज दिउँसो देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्यून चापीय रेखा नेपालबाट केही उत्तरतर्फ सरेकाले आज देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आज देशको सुदूरपश्चिम र लुम्बिनी प्रदेशको केही ठाउँमा भारी वर्षाको सम्भावना छ । बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागे पनि दिउँसोपछि बदली ...

आज हल्का वर्षा, पर्सि भने देशैभर पानी पर्ने सम्भावना

काठमाण्डाै - मनसुनी प्रणाली सक्रिय नभएकाले आज हल्का मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार आज गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशमा खासै पानी पर्ने सम्भावना छैन । भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान छ । वाग्मती र प्रदेश-१ का केही ठाउँमा भने भोलि ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ । पर्सि भने मनसुन फेरि सक्रिय हुने अनुमान छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको म...

आउँदो मङ्गलवारदेखि देशभर ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  अहिले दक्षिणतर्फ राेकिएर रहेको मनसुनी रेखा उत्तरतर्फ सर्ने भएकाले आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।  मङ्गलवार रातिदेखि तीन/चार दिनसम्म लगातार झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आउने मङ्गलवारदेखि केही दिन सकेसम्म यात्रा नगर्न पनि मौसमविद्ले सल्लाह दिएका छन् ।  पानी नपर्दा  केही दिनदेखि देशभर गर्मी बढेको ...

तत्काल पानी पर्ने सम्भावना छैन, गर्मी अझै बढ्छ : मौसमविद्

काठमाण्डाै - तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा नबनेकाले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँकाअनुसार भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बद्ली भइ एक/दुई ठाउँमा हल्का पानी पर्नेछ । तर, देशका अन्य क्षेत्रमा भने तत्काल पानी पर्ने सम्भावना छैन । बिहारमा बनेको न्यून चापीय प्रणालीकै असरका...

तीन वटा प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना

काठमाण्डाै - लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज सामान्य पानी पर्ने सम्भावना छ । बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार  काठमाण्डौसहित देशका अरु ठाउँमा भने आज पानी पर्ने सम्भावना छैन । अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली मात्र हुने सम्भावना छ ।  दिउँसो एक छिन घाम लाग्ने र फेरि बादल लाग्ने सम्भावना छ । अब बिस्तारै सुक्खा ...

आज पाँच प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज पाँच प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाे मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार आज वाग्मतीसहित प्रदेश-१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले भने सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद् शाक्यले बताउनुभयो । तर, दिउँसो पछि भने सुदूरपश्चिम प्रदेशमा पनि पानी पर्ने उहाँले बताउनुभयो ।  यस्तै, आज राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठू...

देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश-१, प्रदेश-२ र काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका सामान्यदेखि मध्ययम पानी परिरहेको र दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको हो । आज दिउँसो र राति प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । आउँदो तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भाव...

हावाहुरी र चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाण्डाै - आज काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलकाअनुसार दिउँसोपछि काठमाण्डौका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै, अन्य पहाडी क्षेत्रमा पनि हावाहुरीसहित चट्याङ्ग र हल्का पानी पर्ने उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव परेको छ ।