पूर्वी क्षेत्रमा मौसम बदली : प्रदेश-१, मधेस र वाग्मतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशको पूर्वी क्षेत्रको मौसम बदली रही प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाँकी ठाउँमा भने सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको पूर्वी क्षेत्रमा रहेकाले विशेषगरी अबको केही दिन पूर्वी क्षेत्रको मौसम बदली भइ पानी पर्ने सम्भावना छ  । कर्णाली, सुदूरपश्चिमलगायतका ठाउँमा पानी पर्ने सम्भावना खासै छैन । यी प्रदेशमा दिउँसो...

सम्बन्धित सामग्री

खडेरी र गर्मीले प्रभावित पश्चिम तराईमा पनि मौसम बदली, पानी पर्ने सम्भावना

काठमाण्डाै – आज (साेमवार) देखि पश्चिम तराईमा पनि माैसम बदली सुरु भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका अरू क्षेत्रमा पानी पर्दा मध्य र पश्चिम तराईमा लामो समयदेखि खडेरी र तातो हावा (लू) चलिरहेको छ । तर आज बेलुकादेखि भने पश्चिम तराईमा पनि बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् डा. विनोद पोखरेलले बताउनुभयो । दिउँसो दाङ, बाँके र बर्दियाका केही ठाउँमा पानी परेको छ । बेलुका रुपन्देही, कपिलवस्...

यूएईसँग निर्णायक खेल भइरहँदा मौसम बदली, पानी पर्ने सम्भावना कम

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईसँ निर्णायक खेल खेलिरहँदा काठमाण्डौको मौसम बदली भएको छ । बिहान केहीबेर घाम लागे पनि अहिले बादल लागेको छ । मौसम बदली भएसँगै पानी पर्ने हो कि भन्ने खेल समर्थकहरूलाई चिन्ता छ । स्थानीय वायुको प्रभावका कारण बादल लागेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार बादल लागे पनि तत्कालका लागि पानी पर्ने सम्भावना कम छ । स्थानीय वायुको प्रभाव शक्तिशाली बने बेलुकी पख भने हल्का पानी पर्न सक्ने उहाँले बता...

काठमाण्डौसहित आसपासका क्षेत्रमा मौसम बदली : पानी पर्ने सम्भावना

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम बदली भएको छ । मौसम बदली भएका क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रका मौसम बद्ली भएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पश्चिमी वायुको प्रभावले मौसम बदली भएको उहाँको भनाई छ । आज राति कतै कतै मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज वाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका केही ठाउँको मौसम बदली भएको छ । काठमाण्डौ उपत्यकाकाे पनि मौसम बदली भएको छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको तथा कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आज र भोलि ठूलो पानी पर्ने सम्भावना नदेखिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो। आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरू मधेस प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा...

आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।  उहाँका अनुसार देशका अरू ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय रेखाको प्रभावका कारण अबको तीन दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने सम्भावना छ । त्यही...

बुधवारदेखि माैसम बदली भएर पानी पर्ने सम्भावना

काठमाण्डाै – आउँदाे बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायु सक्रिय हुने भएकाले पर्सि २१ गते बुधवार बेलुकादेखि शुक्रवारसम्म देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिमी वायुको असर शुक्रवारपछि पनि रहन्छ वा रहँदैन भन्ने कुरा भने कत्तिको सक्रिय हुन्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो ।शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा आउने बुधवार अलि धेरै पानी पर्ने स...

आजको मौसम : पहाडी भू-भागमा पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमामा पानी पर्ने सम्भावना रहेको छ।नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू–भागमा मौसम बदली रहेको छ।दिउँसो पहाडी र तपाईमा मौसम बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सोमबार राति प्रदेश

देशभर मौसम बदली‚ पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै ठाउँको मौसम बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने जनाएको छ।स्थानीय वायु, पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको कारण वर्षा हुन लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार मंगलबारदेखि अरब सागरबाट वायु भित्रिएको छ। यसको असर कम्तीमा तीन दिन देखा पर्नेछ। केही दिन कम भएको तुवाँलो पुनः लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो स्थानको बिहान