काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. २ करोड ८३ लाखभन्दा बढी नोक्सानीमा छ । गत आवको सोही अवधिमा भने कम्पनी रू. ३ लाख १५ हजार नाफामा थियो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र खुद फि कमिशन तथा आम्दानी घटेकाले नोक्सानीमा गएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ४० दशमलव ९९ प्रतिशत र खुद फि कमिशन ५८ दशमलव ६९ प्रतिशत घटेको छ ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा रू. २ करोड ८३ लाख ऋणात्मक छ । कम्पनी नोक्सानी भएसँगै प्रतिशेयर आम्दानी पनि ४५ रुपैयाँ ३७ पैसा ऋणात्मक छ । गत आवको यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५१ पैसा छ । चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ६० पैसा छ ।
चुक्ता पूँजी रू. २५ करोड रहेको कम्पनीले जगेडामा रू. ५ करोड ४९ लाख सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ५ करोड ५९ लाख ऋणात्मक छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्