बैंकहरूको नाफामूलक वित्तीय विवरणले पनि बढ्न सकेन बजार, किन 'प्यानिक' हुँदैछन् लगानीकर्ता ?

काठमाडौं । बैंकहरूले समग्रमा नाफामूलक वित्तीय विवरण सार्वजनिक गर्दा पनि शेयर बजार घट्ने क्रम रोकिएको छैन । आज नेप्से १ दशलमव ८३ प्रतिशत घटेर २ हजार ५१ दशमलव ४७ विन्दुमा झरेको छ ।  मौद्रिक नीतिमा शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने व्यवस्था उल्लेख भएपछि बढेको बजार भोलिपल्टदेखि घट्न थालेको हो । मौद्रिक नीति सार्वजनिक भएको दिन (यही साउन ७ गते) ६३ अंकले बढेको बजार त्यसयता १९३ अंकले घटिसकेको छ ।  मौद्रिक नीति सार्वजनिक पछिको पत्रकार सम्मलेनमा गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जा प्रवाह गर्दा ५० लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार सय प्रतिशत रहने व्यवस्था परिमार्जन गरिएको जानकारी दिएपछि बजार ओरालो लागेको हो । आज बैंकहरूको वित्तीय विवरणले लगानीकर्तालाई तान्न नसके पनि आकर्षक नाफा कमाउने केही बैंकको शेयर मूल्य भने बढेको छ ।  आइतवार बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता प्यानिक बनेका छन् । सोही कारण पनि कारोबार रकम बढेको देखिन्छ । अघिल्लो कारोबार दिन रू. १ अर्ब ७८ करोड बराबरको शेयर कारोबार भएकोमा आइतवार भने रू. २ अर्ब ६८ करोड बराबरको भएको हो ।  यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ८८ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ८९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ९३ प्रतिशत घटेको छ । आइतवार २६५ धितोपत्रको ८० लाख ७ हजार ३६१ कित्ता शेयर ६१ हजार ९१७ पटकमा रू. २ अर्ब ६८ करोड बराबरको कारोबार भएको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५८२ दशमलव ४० पुगेको हो ।  शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा नेपाल रिपब्लिक मिडिया लिमिटेड छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. २७५ दशमलव ४० पुगेको छ । यी दुवै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आजदेखि आएको हो । सोही कारण पनि यी कम्पनीका शेयरमा खरीदकर्ता आकर्षित भएका हुन् ।  आइतवार सबैभन्दा बढी प्रोग्रेशिभ फाइनान्स कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ५९ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ३३० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा अभियान लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ०४ प्रतिशत घटेर रू. ७१९ दशमलव १० कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सानिमा बैंकले ओगटेको छ । यस कम्पनीको रू. १२ करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९७ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा एभरेष्ट बैंक छ । कम्पनीको रू. १२ करोड २१ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक सबै घटेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ३ दशमलव ५९ प्रतिशत घटेको छ ।  

सम्बन्धित सामग्री

विश्व लगानीकर्ता सप्ताहमा क्रेडिट रेटिङ सचेतना कार्यक्रम आयोजना

विश्व लगानीकर्ता सप्ताह २०२३- क्रेडिट रेटिङ सचेतना कार्यक्रम सम्पन्न भएको छ। विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेपाल धितोपत्र बोर्डको अगुवाइ तथा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडको सहभागितामा शंकर देव क्याम्पस र नेपाल...

बजेटको व्यवस्थाले लगानीकर्ता असन्तुष्ट

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा रहेका तीन व्यवस्थाले लगानीकर्ता असन्तुष्ट भएका छन् । व्यावसायिक रूपमा सेयर कारोबार गर्ने ब्रोकरहरूले नाफाको समयमा सेयरबाट कमाएको रकमको पनि कर तिर्नुपर्ने अफरसहितको व्यवस्था...

पूँजीबजारप्रति लगानीकर्ता चिन्तित

काठमाडौं । कुनै समय महिनाकै १ अर्ब बढी राजस्व बुझाउने नेपालको पूँजीबजार यतिखेर धराशायी बन्दै गएको प्रति लगानीकर्ता चिन्तित भएका छन् । लगभग १८ प्रतिशत जनता शेयरबजारमा आवद्ध रहेको नेपालको शेयर बजारमा ४४ खर्ब बराबरको पूँजी रहेको छ तर ३२ सयमाथि पुगिसकेको शेयर बजारको इन्डेक्स हाल १८ सयको हाराहारीको विन्दुमा आउँदा लगानीकर्ता थप मर्माहत भएका […]

चीनका पाँच दर्जन लगानीकर्ता नेपालमा

नेपालमा लगानीका अवसरको सम्भावना अध्ययन गर्न करिब पाँच दर्जन चिनियाँ उद्योगी नेपालमा आएका छन्। विभिन्न ४७ वटा चिनियाँ कम्पनीमा आवद्ध लगानीकर्ता यहाँ आएका हुन्।...

अस्थिर सेयर बजारले लगानीकर्ता निराश

सेयर बजारमा आइरहेको निरन्तर गिरावटले लाभांश पाउने समयमा पनि लगानीकर्ता उत्साहित हुन सकेका छैनन् । बजारमा आएको अस्थिरताले लगानीकर्ता निराश बन्न पुगेका हुन् ।  पछिल्लो समय नेप्से परिसूचक अस्थिर बन्दै आइरहेको छ । नेप्से...

सेयर लगानीकर्ता आन्दोलनमा

सरकारी नीतिका कारण नेप्से घटेको ठहरसँगै लगानीकर्ता यतिवेला आन्दोलनमा छन् । राष्ट्र बैंकले लगाउँदै आएको ४-१२ सेयर धितो कर्जाको सीमा हटाइनुपर्ने विषयलाई उनीहरूले मुख्य एजेन्डा बनाएका छन् ।  झन्डै १५ अंकले...

सेयर बजारको निरन्तर गिरावट निराश बने लगानीकर्ता

सेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता निराश बनेका छन् । नजिकिँदै गरेको चुनावले बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता एकपछि अर्को गरी आएको गिरावटले निराश बन्न पुगेका छन् । वर्षको अन्तिम महिना भएकाले...

चुनावको प्रतीक्षामा रहेका लगानीकर्ता निराश : प्रोफिट बुकको नीतिले दबाबमा नेप्से

मंगलबार लगानीकर्ता निराश बनेका छन् । स्थानीय तह चुनावको मिति तोकिने प्रतीक्षामा रहेका लगानीकर्ता चुनावको मिति तोकिएपछि पनि बजार ओरालो लाग्दा निराश बनेका हुन् ।  सरकारले सोमबार चुनावको मिति तोकेसँगै बजार बढ्ने...

नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा

नेपालमा सञ्चालित कम्पनीहरूको नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा परेका छन् । विशेषगरी पब्लिक कम्पनीहरूको लगानीकर्ता (संस्थापक र सर्वसाधारण) हरू दोहोरो करको मारमा परेका हुन् ।शेयरधनी तथा लगानीकर्ता आफैले दुईपटक कर तिरेका त छैनन् । तर, उनीहरूको लगानीबाट हुने आम्दानीमा भने दुईपटक नै कर लाग्ने गरेको छ । फलस्वरूप आफूहरू दोहोरो करको मारमा परेको लगानीकर्ता तथा शेयरधनीहरूले बताउँदै आएका छन् । शेयरधनी तथा लगानीकर्ताले एउटा आम्दानीमा एकैपटक मात्र कर लगाउने व्यवस्था गर्न पहिलेदेखि नै माग गर्दै आ

लगानीकर्ता सचेतना कार्यकम

नेपाल स्टक एक्सचेन्स र सिडिएस एण्ड क्लियरिङ्ग हाउसले संयुक्त रुपमा लगानीकर्ता सचेतना कार्यक्रकको आयोजना गरेका छन् । स्थानीय शाखा रहेका ब्रोकर नं १६, ५८, ३७ र ५४ तथा नेपाल पुंजी बजार लगानीकर्ता संघको सहकार्यमा प्रदेश –२ को वीरगञ्जर र बागमती प्रदेशको हेटौंडामा सचेतना कार्यकम आयोजना गरिएको आयोजले जानकारी दिएको छ ।कार्यक्रमलाई नेप्से सञ्चालक समितिकाअध्यक्ष लक्ष्मण […]