लगातार तीन दिन बढ्यो बजार, यसकारण सक्रिय हुन थाले लगानीकर्ता

काठमाडौं । लगातार तीन कारोबार दिन बजार बढेको छ । तीन कारोबार दिनमा नेप्से परिसूचक ६१ अंक बढेको हो । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १४ दशलमव ८१ बढेर २ हजार ८० दशमलव ८६ विन्दुमा पुगेको छ । मौद्रिक नीति सार्वजनिकपछि लगातार घटेको बजार ट्रेडरहरू सक्रिय हुन थालेका छन् । सोही कारण बजारसँगै कारोबार रकम पनि बढ्न थालेको छ । पछिल्लो समय बैंक तथा वित्तीय प्रणालीमा तरलता सहज भएसँगै ब्याजदर घट्न थालेको छ । यसकारण बैंकहरूले अब शेयर धितो कर्जा दिने घोषणा गर्न थालेका छन् । गएको साता मात्रै एनआईसी एसिया बैंकले शेयर धितो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । नेपाल बैंकले यसअघि नै शेयर कर्जा दिने बताएको थियो । यसआधारमा अरु बैंकहरुले पनि यस्तो कर्जा सहज तरिकाले उपलब्ध गराउने अनुमान गर्न थालिएको छ । नेपाल राष्ट्र बैंकले ५० लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशत मात्र कायम गरेकाले पनि बैंकहरू अब क्रमशः शेयर धितो कर्जातर्फ आकर्षित हुन सक्ने जानकारहरू बताउँछन् । आइतवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १३ प्रतिशत वृद्धि भएको छ ।  यस दिन कारोबारमा आएका २७१ धितोपत्रको ९७ लाख १८ हजार ७५४ कित्ता शेयर ९५ हजार ९६५ पटकमा रू. ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. २८० दशमलव ५० पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा अप्पर स्याङ्गे हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर २७८ दशमलव ९० पुगेको छ । यी दुवै कम्पनी धितोपत्रको दोस्रो बजारमा आजदेखि नै कारोबारमा आएका हुन् । यसकारण यी कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएको जानकार बताउँछन् ।   आइतवार सबैभन्दा बढी घोराही सिमेन्ट इण्डष्ट्रीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५०९ मा झरेको छ । कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आज (आइतवार)देखि आएको हो । कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता हाबी भएसँगै शेयर मूल्य घटेको छ । शेयर मूल्य घट्ने दोस्रोमा अभियान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव १८ प्रतिशत घटेर ७२४ मा झरेको छ ।  सर्वाधिक शेयर खरीदविक्री नेपाल इन्स्योरेन्सको संस्थापक शेयरको भएको छ । कम्पनीको रू. ५८ करोड ४५ लाख बराबरको संस्थापक शेयरको कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा घोराही सिमेन्टको रू. २३ करोड १५ लाख बराबरको भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने व्यापार समूहको परिसूचक स्थिर छ बाँकी सबै समूहको परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव २१ प्रतिशत बढेको छ । 

सम्बन्धित सामग्री

अभिनेत्री कंगना ट्वीटरमा पुन: सक्रिय हुँदै

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौतले चाँडै नै आफ्नो ट्विटर अकाउन्टमा पुन: सक्रिय हुने भएकी छन् । २०२१ मा लगातार विवादास्पद बयान र ट्वीटर नियमहरूको उल्लंघनका कारण कंगनाको ट्वीटर अकाउन्ट प्रतिबन्धित गरिएको थियो । तर अहिले ट्वीटरको जिम्मेवारी एलन मस्कले लिएका छन् । मस्कले हालै नक्कली ट्वीटर अकाउन्टहरू खारेज गर्ने घाेषणा समेत गरेका छन् । […]

अबको एक/दुई दिन लगातार झरी नपरे पनि पानी पर्ने क्रम बढ्ने

काठमाण्डाै – आज प्रदेश १ र वाग्मतीसहित अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मनसुनी प्रणाली बिस्तारै सक्रिय भएकाले अबको एक दुई दिन पानी पर्ने क्रम बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । लगातार झरी नपरे पनि पानी पर्ने क्रम बढ्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । आज भन्दा भोलि अझ धेरै पानी पर्ने उहाँले बताउनुभयो । भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा लुम्बिनी प्रदेशका केही ठाउँमा...

काठमाडौँमा बिहानैदेखि वर्षा, भोलिदेखि मनसुन सक्रिय हुने

काठमाडौँ – तापक्रम लगातार बढिरहेका बेला सोमबार बिहान काठमाडौँमा वर्षा भएको छ। जसकारण ‘हल्का राहत’ महसुस भएको छ।उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको थियो। तर, मनसुनको न्युन चापिय रेखा हाल पनि सरदर स्थानभन्दा दक्षिण तिर रहेकाले मनसुन सक्रिय हुन नसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिए। आज दिउँसो पहाडी भूभागका थोरै […]

कोरोना सङ्क्रमण दर बढ्दै, सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय जना नाघ्यो

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय जना नाघेको छ । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय एक जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही हप्ता लगातार बढिरहेको सङ्क्रमण दरका कारण सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेको हो । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरेकोमा झन्डै तीन प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । यस्तै थप २० जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टाम...

प्रि मनसुन सक्रिय

लामो समयपछि पूर्व मनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कल मात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन प्रि मनसुन सक्रिय रहनेछ ।मौसमविद् समीर श्रेष्ठले भने, “दिउँसोको समयमा केही स्थिर रहेर कतै–कतै आकाश खुल्नेछ । तर, बिहान साँझ देशका धेरै भेगमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने सम्भावना रहेको छ ।” उनका अनुसार लगातार जलवा

फेरि सक्रिय हुँदै मनसुन, केही स्थानमा लगातार वर्षाको सम्भावना

काठमाडौँ – मनसुनी गतिविधि पुनः सक्रिय भएर अबको केही दिन देशभर बदली तथा वर्षाको क्रम बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद वरुण पौडेलका अनुसार भारतीय क्षेत्रमा रहेको मनसुनी न्यून चापिय क्षेत्र नेपालको तराई हुँदै माथिल्लो क्षेत्रमा सर्ने क्रममा देखिएको छ । मौसमविदले पौडेलले भने, ‘केही कमजोर रहेको मनसुनी गतिविधि सक्रिय […]

अबको केही दिन मनसुन थप सक्रिय हुने

काठमाण्डाै - अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखाको प्रभावले अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । प्रदेश एक, दुई र सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि नै लगातार पानी परिरहेको छ । अरु ठाउँमा बद्ली भएको छ । दिउँसोपछि देशका सबैजसो भूभागमा  हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो । अबको तीन/चार दिन लगातारजस्तै पानी पर्ने भएकाले बाढी, पहिरो, डुबान लगायतका जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले ...

ट्विटरमा देउवा सक्रिय, भन्छन्- हरेक नेपालीको स्वास्थ्य सरकारको चासो

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा सामाजिक सञ्जालमा सक्रिय देखिएका छन्। सामाजिक सञ्जालमा कमै मात्र देखिने देउवाले प्रधानमन्त्री नियुक्त भएसँगै सक्रियता देखाएका हुन्। उनले आफ्ना भेटघाट, बैठक तथा सरकारका गतिविधिहरुबारे पनि ट्वीटर लगायत सामाजिक सञ्जालबाट जानकारी दिन थालेका हुन्। मंगलबार साँझ प्रधानमन्त्रीको सपथ लिएका देउवाको ट्वीटरबाट त्यसयता लगातार अपडेट दिइएको छ। प्रधानमन्त्रीको  पदभार सम्हालेपछि पहिलो पटक सिसीएमसीसँगको […]

भारतमा लगातार चौथो दिन एक लाखभन्दा कम संक्रमित भेटिए

भारतमा कोरोना संक्रमितको आँकडामा कमीको सिलसिला जारी छ । बिहिबार भारतमा ९१,२११ जनामा कोरोना संक्रमण देखिएको छ । १ लाख ३३ हजार ५९८ संक्रमित निको भए र ३,४०१ को मृत्यु भयो । यो लगातार चौथो दिन हो जब नयाँ संक्रमितको संख्या एक लाखभन्दा कम भेटिएको छ ।अघिल्लो दिन ४५,५४२ सक्रिय संक्रमितको संख्यामा पनि कमी देखियो । यसमा गिरावटको सिलसिला करिब एक महिनादेखि जारी छ । अघिल्लो पटक १२ मे मा यसमा ६,३९९ को वृद्धि देखिएको थियो । हाल भारतमा ११ लाख १९ हजार ९२८ बिरामीको उपचार चलिरहेको छ । ९ मे मा यो आँकडा ३७ लाख ४१ हज

रौतहटमा सक्रिय संक्रमितको संख्या साढे सात सय बढी

रौतहटमा कोरोना संक्रमणको निरन्तर विस्तार भइरहेको छ। संक्रमण दर बढी नभए पनि जिल्लामा सक्रिय संक्रमितको संख्या लगातार बढिरहेको छ। बिहीबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या साढे सात सयभन्दा बढी पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।...