लगातार पाँच कारोबार दिनमा पनि नेप्से ओरालोमै, २२ सयभन्दा माथि पुगेको परिसूचक २१ सय विन्दुमा

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार पनि नेप्से परिसूचक ओरालो लागेको छ । यस दिन नेप्से परिसूचक १ दशमलव २२ प्रतिशत घटेर २ हजार १ सय दशमलव ३४ विन्दुमा झरेको छ । मौद्रिक नीतिपश्चात परिसूचक लगातार पाँच कारोबार दिन ओरालो लागेको छ । आइतवार २२ सयभन्दा माथि पुगेको नेप्से २१ सय विन्दुमा झरेको छ । मौद्रिक नीतिमार्फत गरिएको शेयर कर्जाको जोखिम भार ५० लाखसम्मको लागि मात्र शतप्रतिशत व्यवस्था गरेपछि बजारमा विक्रेता हाबी हुन थालेका छन् । विशेषगरी यो प्रावधानबाट ठूला लगानीकर्ता प्रभावित भएको जानकारहरू बताउँछन् । सोही कारण बजार दिनहुँ घटिरहेको छ ।  यद्यपि कतिपय लगानीकर्ताहरूले भने अनावश्यक भ्रम छर्ने गरी बजार प्यानिक बनाइएको अभिव्यक्ति दिएका छन् । अहिलेको मौद्रिक नीति पहिलेभन्दा राम्रो र सहज बनाउने खालको  रहेको उनीहरूको भनाइ छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ०३ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव २५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०९ प्रतिशत घटेको छ ।  कारोबारमा आएका २६६ धितोपत्रको ६८ लाख ६० हजार ४२ कित्ता शेयर ४६ हजार ३२७ पटकमा रू. २ अर्ब ५० करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी पिपुल्स पावरको शेयर मूल्य ३ दशमलव ५६ प्रतिशत बढेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. २६१ दशमलव ९० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा सुपर माई हाइड्रोपावर कम्पनी छ । यससँगै कम्पनीको शेयर मूल्य ३ प्रतिशत वृद्धि भएर रू. ६१७ दशमलव ३० पुगेको छ ।  आइतवार सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ७८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७७० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको दोस्रोमा अभियान लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ६ दशमलव ५७ प्रतिशत घटेर रू. ७४० कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा  शिवम् सिमेन्ट्सले ओगटेको छ । यस कम्पनीको रू. १४ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०२ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटल छ । कम्पनीको रू. ११ करोड ९९ लाख बराबरको भएको हो ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ३२ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी वित्त समूहको परिसूचक २ दशमलव ३२ प्रतिशत घटेको छ । 

सम्बन्धित सामग्री

नेप्से परिसूचक ११.९७ अंकले घट्यो,कारोबार रकम ८२ करोडमा सीमित

पछिल्लो एक सातादेखि निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक बुधबार पनि घटेर कारोबार बन्द भएको छ । बुधबार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स...

नेप्से परिसूचक आज अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द

उच्च अंकले गिरावट भएको नेप्से परिसूचक बुधबार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ। बुधबार नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ।...

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ। अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अंकले ओरालो लागेर २ हजार ७६.६७ मा ओर्लेको हो।...

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

काठमाडौँ,२० असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अङ्कले ओरालो लागेर ३९५.९४ मा ओर्लेको छ । कूल २३४ […]

नेप्से परिसूचक झिनो अङ्कले ओरालो, कारोबार रकम ३ अर्ब मात्रै

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले ओरालो लागेर ५०६.८४ मा ओर्लेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम […]

नेप्से परिसूचक २६ सय नजिक, कारोबार रकममा सुधार

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव २१ अङ्कले बढेर २ हजार ५ सय ९१ दशमलव ४२ अङ्कमा पुगेको छ । शेयर कारोबार रकम पनि ५ अर्ब माथि […]

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो, कारोबार रकम पनि घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नै नेप्से ११.६० अङ्कले घटेर दुई हजार ७५७.५३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७५ अङ्कले घटेर ५१८.२५ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम […]

स्थिर देखियो नेप्से परिसूचक, १४ अर्ब माथिको सेयर कारोबार

२४ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । कारोबार खुलेसँगै सामान्य उचारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ०.०२ प्रतिशतले बढ्यो । ०.०२ प्रतिशतले बजारले बढ्दा नेप्से परिसूचक ३ हजार १ सय ०८ दशमलव १२ अंकमा रोकिएर हरियो देखियो । समग्रमा बजार हरियो देखिए पनि केही समूहगत […]

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो । तीव्र उचारढवाका बिच […]

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ७ अर्ब माथि

१९ चैत, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ […]