पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै नेविसंघले गर्‍यो सरकारविरुद्ध प्रदर्शन

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसमा आबद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन शुरु गरेको छ ।  शुक्रवार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरूले काठमाडौंको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य वस्तुहरूमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरूले मूल्य वृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन् । मूल्य वृद्धि...

सम्बन्धित सामग्री

आयल निगममा राप्रपाको धर्ना, पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा आज धर्ना दिएको छ।राप्रपाका सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरू निगमको टेकुस्थित केन्द्रीय कार्यालय पुगेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन्।पार्टीका प्रवक्ता समेत रहेका शाहीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कसरी भयो, प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मूल्य कति

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अखिल क्रान्तिकारीको माग

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरुन्तै फिर्ता लिन माग गरेको छ।आज अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति निकालेर जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकार आयल निगम र सम्बन्धित निकायसँग माग गरेका छन्।जनतालाई राहत दिनुको सट्टा पटक पटक मूल्यवृद्धि गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बनेको अखिल क्रान्तिकारीको आरोप छ। साथ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन राप्रपा नेपालका भ्रातृ संगठनहरुको माग

राप्रपा नेपालका दुई भ्रातृ संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । पार्टीको राष्ट्रिय युवा मोर्चा नेपाल र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले छुट्टाछुट्टै विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।‘छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले हर क्षेत्रमा जबरजस्ती महँगी थोपरेको छ,’ युवा मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  विश्वव्यापी कोरोना महामारीको आर्थिक असरबाट उठ्न खोज्दै गरेका नेप

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध वैद्य माओवादीले बालुवाटार घेराउ गर्ने

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी मूल्यवृद्धि फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने जानकारी दिइएको छ ।क्रान्तिकारी माओवादीको बागमती प्रदेशका सेक्रेटरी प्रवेशले विज्ञप्तिमा चुनाव सकिएपछि सरकारले दुई पटक पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताएका छन् । &

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग

काठमाडौं : नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ।आज पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो।महासंघले आयल निगमले हिजो प्रेषित गरेको प्रेस विज्ञप्ति अनुसारको थप हुने मूल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ।यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्री–वितरणसम्बन्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।  नेपाल आयल निगमले गए रातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेपछि क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत सो माग गरेका हुन् । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ प्रतिलिटर, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर पु¥याएको छ ।  यस्तै खाना पकाउने

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै निगम घेराउ (भिडियो)

काठमाडौँ– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्ता निकट विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । शुक्रबार निगमको केन्द्रीय कार्यालय टेकु पुगेर विद्यार्थीले घेराउसहित नारावाजी गरेका हुन् । उनीहरूले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि उनीहरूले मूल्यवृद्धि फिर्ता लिन […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको माग

काठमाडौं : सत्तारुढ दलकै विद्यार्थी संगठन नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ। नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै मुल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्। ’कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भत्र्सना गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ। यस्तै अखिल (क्रान्तिकारी) ले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यव