राप्रपा नेपालका दुई भ्रातृ संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । पार्टीको राष्ट्रिय युवा मोर्चा नेपाल र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले छुट्टाछुट्टै विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।‘छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले हर क्षेत्रमा जबरजस्ती महँगी थोपरेको छ,’ युवा मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विश्वव्यापी कोरोना महामारीको आर्थिक असरबाट उठ्न खोज्दै गरेका नेप