काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा आज धर्ना दिएको छ।राप्रपाका सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरू निगमको टेकुस्थित केन्द्रीय कार्यालय पुगेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन्।पार्टीका प्रवक्ता समेत रहेका शाहीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कसरी भयो, प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मूल्य कति