पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग

काठमाडौं : नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ।आज पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो।महासंघले आयल निगमले हिजो प्रेषित गरेको प्रेस विज्ञप्ति अनुसारको थप हुने मूल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ।यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्री–वितरणसम्बन्