जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै स्वास्थ्य कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा गत शुक्रबार प्रयोगशाला भवन खोप केन्द्रमा आफ्नो जिम्मेवारी पालना गर्दै खोप कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कर्मचारीमाथि जनप्रतिनिधिबाट दुव्र्यवहार भएको जनाइएको छ ।सो दिन भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुण पीडित भण्डारीले खोप केन्द्रमा रहेका कर्मचारीसँग भनाभन भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । विज्ञप्तिमा भनिएको छ, &