वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेका थिए । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको एक मन्त्रीले जानकारी दिए । संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले […]

सम्बन्धित सामग्री

अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न आदेश

सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कार्यकारी अध्यक्षमाथि छानबिन गर्न‘परे पनि निलम्बन गर्न‘ नपर्ने ठहर गरेको हो । आदेशसँगै अध्यक्ष अधिकारीलाई कार्यकारी अध्यक्षका रूपमा निगममा काम गर्न फर्किने बाटो खुलेको छ ।