बझाङ : जिल्ला अस्पताल बझाङमा विद्युत आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ। लगातारको बर्षाका कारण गएको बाढीपहिरोले बझाङ जोडने राष्ट्रिय प्रसारण लाईन अवरुद्ध भएको छ।विधुत सेवा अवरुद्ध हुँदा अक्सिजन, नेवुलाइजर, शल्यक्रिया, एक्सरे, भिडियो एक्सरे जस्ता उपकरण सञ्चालन हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो।विद्युत सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन समस्या भएको छ। विद्युत समस्याका कारणले अस्पतालमा आएका बिरामीहरूलाई तत्काल सेवा दिन अफ्ठेरो भएको अस्पतालले ज