पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजना विकासका लागि भारतीय कम्पनी एनएचपीसीले जिम्मा पाएसँगै यो परियोजनाको चर्चा चुलिएको छ । सुरुमा ७५० मेगावाट जलविद्युत क्षमताको पश्चिम सेती मात्रै चर्चामा रहने गरेकामा पछिल्लो समय ४५० मेगावाट क्षमताको सेती नदी–६ पनि थपिएको छ । यी दुबै परियोजना विकासका लागि लगानी बोर्ड र एनएचपीसीबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यससँगै एनएचपीसीले समझदारीपत्रका व्यवस्थाअनुसार परियोजनाको, आर्थिक, वित्तीय, प्राविधिक, सामाजिक, वातावरणीय, ऊर्जा बजारको सु