विद्यार्थी भर्ना गर्दा एक महिनाकाे भन्दा धेरै शुल्क नलिन काठमाडाैं महानगरकाे चेतावनी (भिडियाे)
काठमाडाैं महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थी भर्नाबापत एक महिनाको भन्दा धेरै शुल्क लिन नपाउने भएका छन् । यदि एक महिनाकाे भन्दा बढी शुल्क लिए कारबाही गर्ने चेतावनी पनि महानगरले दिएकाे छ ।
१५ माघ, काठमाडौं । नेत्र विक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पिपल्स क्याम्पसमा तालाबन्दी गरेको छ । ६ बुँदे मागसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएका हुन् । उनीहरूले विद्यार्थी भर्ना, लाइब्रेरी र परिचयपत्रको नाममा अतिरिक्त शुल्क असुल बन्द गरिनुपर्ने, बीबीए र बीबीएममा इन्टरनेटको व्यवस्था हुनु […]
काठमाडौँ– नेपाल राष्ट्रिय अभिभावक संघले विद्यार्थी भर्ना अभियानसँगै तोकिएको मापदण्ड विपरीत शुल्क लिने विद्यालयहरूलाई सचेत गराउने भएको छ । संघको हालै सम्पन्न छैटौँ राष्ट्रिय अधिवेशन लगत्तै बसेको केन्द्रीय समितिको बैठकले शैक्षिक सवालमा गम्भीरता पूर्वक अघि बढ्ने निर्णय गरेको सङ्घका राष्ट्रिय अध्यक्ष कोषबहादुर जिसीले जानकारी दिए । यस्तै, संघले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम अनिवार्य लागू गर्ने गराउने […]
कलेज तहमा एक जना विद्यार्थी भर्ना हुन कति शुल्क लाग्ला? धेरैको उत्तर हुनसक्छ दस हजार, २० हजार, ३० हजार वा त्यो भन्दा बढी। तर भक्तपुरकै सबैभन्दा पुरानो सरकारी क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा भने दुई सय २० रुपैयाँमा विद्यार्थी भर्ना गरिए...
सुर्खेत : उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्दा अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ।उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र पुनमसिंह चन्दको संयुक्त इजलासले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म समाजसेवी, दान दातव्य दिई धर्म गर्न चाहने स्थानीय बासिन्दा, बक्सिस, पुरस्कार लगायतका रकमबाहेक विद्यार्थीबाट शुल्क नलिन आदेश दिएको हो।अदालतको अन्तरिम आदेशपछि सुर्खेत उपत्यकाका सामुदायिक विद्यालयले यसअघि लिने गरेका भर्ना शुल्क, खेलकुद शुल्क, परीक्षा शुल्कलगायतका विभिन्न
दाङ-नेपालको संविधान २०७२ मा संविधानमा आधारभूत तह सम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्कको व्यवस्था रहेको छ । शिक्षालाई मौलिक तहको रुपमा रहेको छ । तर यसको कार्यान्वयन भने हुन सकेको छैन ।अहिले विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन भइ रहेको छ । तर शुल्क नतिर्दासम्म विद्यार्थी विद्यालयमा भर्ना हुन भने पाएका छैनन् । जिल्लामा अहिलेसम्म […]
काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी, उनीहरुका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो ।
अभिभावक, विद्यार्थी र कलेज प्रशासनबीच सहमति जुटेपछि विद्यार्थी भर्ना प्रकृया सुरु भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार कलेजका प्रमुख सल्लाहकार डा.केपी शर्मा र आन्दोलनरत पक्षबीच भएको छलफलमा सहमति जुटेको हो ।
सहमति अनुसार कलेजले होस्टेल शुल्क ५ सय घटाउने भएको छ । यसअघि मासिक १२ हजार ५ सय लिइदै आएको होस्टेल शुल्क अब १२ हजार कायम गर्ने सह...