काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी, उनीहरुका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो ।
अभिभावक, विद्यार्थी र कलेज प्रशासनबीच सहमति जुटेपछि विद्यार्थी भर्ना प्रकृया सुरु भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार कलेजका प्रमुख सल्लाहकार डा.केपी शर्मा र आन्दोलनरत पक्षबीच भएको छलफलमा सहमति जुटेको हो ।
सहमति अनुसार कलेजले होस्टेल शुल्क ५ सय घटाउने भएको छ । यसअघि मासिक १२ हजार ५ सय लिइदै आएको होस्टेल शुल्क अब १२ हजार कायम गर्ने सह...