काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्नाका क्रममा निजी विद्यालयले जभाथाबी शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले आज (मङ्गलवार) एक विज्ञप्ति निकालेर निजी विद्यालयले जथाभाबी भर्ना शुल्क लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनको अधीनमा रहेरमात्रै शुल्क लिन भनेको छ । मन्त्रालयले विधि र प्रक्रिया पूरा गरी पालिकाले स्वीकृत गरिदिएको सीमाभित्र रहेर तोकिएका शीर्षकहरूमा मात्रै शुल्क लिन पाउने विषयलाई स्मरण पनि गराएको छ ।
सबै विद्यालयले स्वीकृत ...