प्रहरी अस्पताललाई दुई करोडको चेक

काठमाडाैं । प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई रु दुई करोडको चेक हस्तान्तरण गरेको छ । अस्पतालको ३९औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि अस्पतालका मेडिकल डाइरेक्टर, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमाप्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता […]

सम्बन्धित सामग्री

मध्यरातको आगलागीले करिब १८ करोडको क्षति

कैलाली- मध्यराति भएको आगलागीबाट १७ करोड बढीको क्षति भएको अनुमानित लागत निकालिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले अस्पताल, गोदामसहित पसलमा भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपैयाँको क्षति भएको जनाएको छ ।  आगलागीबाट सबैभन्दा बढी क्षति सारथी अस्पताललाई भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय...

अस्पताल भवन हस्तान्तरणलगत्तै पानी चुहियो

झापा, ८ असार । प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन हस्तान्तरण भएको एक सातामै सघन उपचार कक्ष ‘आइसियु’मा बर्खाको पानी चुहिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले २०८० साल जेठ २२ गते प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । भवन कूल रु २७ करोडको लागतमा निर्माण भएको हो । हस्तान्तरणलगत्तै सुरु भएको बर्खाको पहिलो […]

महाशिला आधारभूत अस्पताललाई २३ रोपनी जग्गा

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा निर्माण हुन लागेको १५ शय्याको अस्पताललाई जग्गा प्राप्त भएको छ । एक पालिका एक अस्पताल अन्तर्गत १५ शøयाको आधारभूत अस्पताल निर्माण गर्न नेपाल सरकारले नै जग्गा उपलब्ध गराएको हो । रू. २२ करोडको लागतमा निर्माण हुन थालेको उक्त अस्पताल गत मङ्सिरमै शिलान्यास भए पनि जग्गाप्राप्तिमा केही समस्या भएपछि निर्माण कार्य रोकिएको थियो । महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित भोर्ले डाँडाको साविक कित्ता नं ३७० को २३ रोपनी, १३ आना २ पैसा ३ दाम गौचरण जमिन मन्त्रिपरिषद्को सिफारिशमा हालै अस्पताल निर्माण समितिलाई प्राप्त भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिए । उनका अनुसार २०७८ चैत २४ को निर्णयबाट जग्गा दर्ता प्रमाणपत्र प्राप्त भएको र सार्वजनिक जग्गा प्रयोगसम्बन्धी कार्यविधिबमोजिम अस्पताल निर्माणका लागि जग्गाको स्वामित्व प्रदान गर्ने स्वीकृति भएसँगै जिल्ला मालपोत कार्यालयले बुधबार जग्गाको प्रमाणपत्र हस्तान्तरण गरेको थियो । आफ्नो निरन्तरको प्रयासबाट जग्गा प्राप्त गर्न सफल भएकाले अब अस्पताल निर्माण नियमित सञ्चालन हुने वडा नं ५ का वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ठकुरीको भनाइ थियो । रासस

महाशिला आधारभूत अस्पताललाई २३ रोपनी जग्गा

काठमाडौँ,२३ वैशाख । पर्वतको महाशिला गाउँपालिकामा निर्माण हुन लागेको १५ श्ययाको अस्पताललाई जग्गा प्राप्त भएको छ । एक पालिका एक अस्पतालअन्तर्गत १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्न नेपाल सरकारले नै जग्गा उपलब्ध गराएको हो । रु २२ करोडको लागतमा निर्माण हुन थालेको उक्त अस्पताल गत मङ्सिरमै शिलान्यास भए पनि जग्गा प्राप्तिमा केही समस्या भएपछि निर्माण […]

पर्वत अस्पताललाई २ करोडको उपकरण हस्तान्तरण

पर्वत । जिल्ला अस्पतालमा २ करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय (एलआईसीएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो । क्लबले अहिलेसम्म नेपालमा गरेको सहयोगमध्ये यो सबैभन्दा ठूलो हो । सांसद पदम गिरी र […]

कर्णाली प्रदेश अस्पताललाई १ करोडको स्वास्थ्य सामग्री

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई व्याक टू लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।संस्थाले एनेस्थेसिया मेसिन १ थान , प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स रे मेशिन १ सेट सहयोग गरेको अस्पतालका प्रमुख प्रशासक विनोद बस्नेतले जानकारी दिए ।

पोखराको संक्रामक तथा सरुवा रोग अस्पताललाई डेढ करोडको अक्सिजन प्लान्ट हस्तान्तरण

पुरी फाउन्डेशनले पोखरास्थित गण्डकी प्रदेश सरकारले स्थापना गरेको प्रदेशकै एकमात्र संक्रामक तथा सरुवा रोग अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

रत्ननगरमा १४ करोडको लागतमा मातृशिशु अस्पतालको निर्माण प्रक्रिया शुरु

असार २, चितवन । चितवनको रत्ननगर नगरपालिकामा साढे १४ करोडको लागतमा मातृशिशु अस्पतालको निर्माण प्रक्रिया अघि बढेको  छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा पूर्वी चितवनमै पहिलो मातृशिशु अस्पताल निर्माणको प्रक्रिया शुरू गरिएको हो । गर्भवती आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि रत्ननगर नगरपालिकाको पहलमा अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । बकुलहर रत्ननगर अस्पतालको परिसरमा निर्माण हुन लागेको सो अस्पतालको भवन निर्माणका लागि ठेक्का प्रक्रिया शुरू भइसकेको नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । वनका अनुसार सुरक्षित तरिकाले सुत्केरी गराएर आमा र बच्चाको सुरक्षा र मृत्युदर न्यूनीकरणका लागि अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । साढे तीनतले भवनमा आइसियू, भेन्टिलेटर, जनरल वार्ड, अपरेसन कक्ष, ओपिडी कक्ष, सुत्केरी कक्ष रहनेछ । अस्पताल लिफ्टसहित अपांगमैत्री पनि बन्ने छ । सो अस्पताल ५० शय्या क्षमताको हुने र एकैपटक ३० जना महिलालाई सुत्केरी गराउन सकिने प्रमुख वनले बताए । हाल रत्ननगर अस्पतालमा दैनिक ३ जना महिलाको मात्र  सुत्केरी गराउन सक्ने क्षमता  छ । सो अस्पताल सञ्चालनमा आएपछि दैनिक ३० जना महिलाहरुलाई सुरक्षित सुत्केरी गराउन सकिने वनले बताए । अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य उपकरण विदेशबाट ल्याउने नगरपालिकाको योजना रहेको छ । ‘अस्पतालमा प्रयोग हुने उपकरण अत्याधुनिक हुनेछन्’, मेयर वनले भने, ‘सम्भवतः स्विट्जरल्यान्डबाट उपकरण ल्याइनेछ ।’ अस्पतालमा आईसीयू, भेन्टिलेटरसहित मेडिकल पाइपलाइन सिस्टम जडित हुने मेयर वनले जानकारी दिए । अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया शुरू भइसकेकाले अबको डेढ महीनामा निर्माण कार्य शुरू गरिने बताइएको छ । दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजनासहित भवन निर्माण शुरू हुने र लगत्तै अस्पताल सञ्चालनमा ल्याइने छ । सो अस्पताल सञ्चालनमा आएपछि सुत्केरी गराउन र बच्चाको उपचारका लागि सदरमुकाम भरतपुर जानुपर्ने बाध्यता हट्ने प्रमुख वनको भनाइ छ ।  पूर्वी चितवनका तीन लाख जनताले प्रत्यक्ष सेवा उपभोग गर्ने गरी रत्ननगर नगरपालिकाको पहलमा मातृशिशु अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।  प्रदेश सरकारले बकुलहर रत्ननगर अस्पताललाई प्रदेशस्तरको मान्यता दिएर ५० शय्याको अस्पतालका रुपमा विकास गरेको छ । केन्द्र सरकारले प्रदान गरेको तीन करोड रूपैयाँबाट सो अस्पतालमा आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि काम भइरहेको छ ।

५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु

धनगढीमा कोरोना सङ्क्रमितको उपचारका लागि ५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०÷५० श्ययाको छुट्टै कोरोना वार्ड निर्माणका लागि रु एक/एक करोडको अख्तियारी दिएपछि वार्ड निर्माण शुरु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई एक करोडको सहयोग

सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई रु एक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।