५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु

धनगढीमा कोरोना सङ्क्रमितको उपचारका लागि ५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०÷५० श्ययाको छुट्टै कोरोना वार्ड निर्माणका लागि रु एक/एक करोडको अख्तियारी दिएपछि वार्ड निर्माण शुरु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।