अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई एक करोडको सहयोग

सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई रु एक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।