क्यूआर कोडमार्फत भुक्तानी प्रचलन बढ्दै

मंसिर १८, काठमाडौं ।  आजभोलि पसल बजारमा किनमेलका लागि क्यूआर कोर्डको प्रयोग बढ्दै गएको छ  । यसको प्रयोग खासगरी होटल, रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थामा क्यूआर कोडमार्फत भुक्तानी प्रचलन बढिरहेको छ । भुक्तानी मात्रै होइन सूचनासमेत क्यूआर कोडमार्फत नै गर्न थालिएको छ । नेपालमा मात्रै होइन विश्वव्यापी रुपममै क्यूआरकोड प्रविधिको तिव्र रुपमा विकास भइरहेको छ । तर, क्यूआर कोड प्रविधि के हो र कसरी काम गर्छ भन्ने विषय बारे अधिकांशलाई ज्ञान नहुन पनि सक्दछ ।  क्यूआर कोडको पूरा अर्थ हो क्विक रेस्पोन्स कोर्ड  । यसको प्रयोग सवैभन्दा पहिले जापानमा गरिएको थियो ।  क्यूआर कोड सन् १९९४ मा कार निर्माता कम्पनी टोयोटा ग्रुपका एक जापानी सहायक डेन्सो वेभले विकास गरेका हुन् । पहिलो पटक अटोमोबाइल, फर्मास्युटिकल र रिटेल इन्डस्ट्रिमा इन्भेन्टरीलाई ट्र्याक गर्नका लागि यसको प्रयोग गरिएको थियो । त्यतिखेर निकै धेरै कामका लागि यसको उपयोग गरिन्थ्यो । सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवोर्ड पजल जस्ता देखिने क्यूआर कोडमा ब्रान्ड तथा कम्पनीको कोर्ड हुन्छ,जसलाई तत्काल स्क्यान गरेरठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्दछ ।  हुन त यसको प्रयोग आजभोलि सानो चिया पसलदेखि ठूला डिपार्टमेन्टल स्टोरहरूमा अनलाइन पेमेन्टका लागि क्यूआर कोड प्रयोग शुरु भइसकेको छ । तर यसको विकास र विस्तार भने ग्रामीण क्षेत्रमा अझै सर्वसाधारणको पहुँचभन्दा टाढा नै रहेको छ । कतिपय कम्पनीहरुले आफ्नो उत्पादनका बारेमा जानकारी दिन यसको प्रयोग गरेका छन् । सामान नक्कली र सक्कली के हो भेर छुट्याउन पनि यसको प्रयोग भएको छ । कतिपयले सामानको मूल्यलाई पनि क्यूआर कोडमा राखेको पाइन्छ । यसलाई विशेषतः कुनै पनि वस्तु वा उत्पादनका बारेमा जानकारी लिने छोटो माध्यमका रूपमा लिने गरिन्छ । कुनै विशेष किसिमको जानकारीलाई सांकेतिक शब्दमा परिवर्तन गर्नका लागि  यसको उपयोग गर्ने गरिन्छ । क्यूआर कोड प्रयोग गरेर पेजहरू शेयर गर्न पनि सकिन्छ । व्यस्त जिवन शैली तथा आधुनिक सूचना प्रविधिसँगै मानिसहरु मोबाइल पेमेन्ट सेवा प्रयोग गर्नेतर्फ आकर्षित भइरहेका छन् ।यसको विकास तथा विस्तारतर्फ नेपाल राष्ट्र बैंकले पनि विगत एक वर्षदेखि विभिन्न कार्य गर्दै आएको छ । पछिल्लो समय त झन स्मार्टफोनमा पनि क्यूआर कोड स्क्यानर सुविधासहितका फिचर आउन थालेको छ । त्यसकारण क्यूआरकोड प्रविधि अझ विस्तार हुन मद्दत पुगेको छ ।  यो सम्पूर्ण प्रक्रियाका लागि मोबाइलमा इन्टरनेटको पहुँच भने हुनुपर्छ ।

सम्बन्धित सामग्री

चाबहिल तरकारी बजारमा सन्राइज बैंकको क्यूआर कोड

सन्राइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ ।तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आइतबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले शुभारम्भ गरेका हुन ।उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरुमा तरकारी, फलफूल तथा अन्य सामग्रीे खरिद रकमको सजिलै […]

हेटौंडाको तरकारी बजारमा 'क्यूआर कोड'

काठमाडौं। बागमती प्रदेशको राजधानी हेटौंडाको तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा सञ्चालनमा आएको छ। सनराइज बैंकले बजारमा क्यूआर कोड जडान गरेको हो। क्यूआर कोड जडानपछि हेटौंडाको खोपेगल्ली तरकारी बजारमा मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ। बैंकले पहिलो चरणमा १० वटा तरकारी पसलमा क्यूआर कोड जडान गरेको छ।

माछापुच्छ्रे बैंकको नेपालगञ्जको बागेश्वरी मन्दिरमा क्यूआर कोड संचालन

काठमाडौं, ५ बैशाख । नेपालगञ्जको पवित्र स्थल बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले क्यूआर कोड सेवा संचालन गरेको छ । सेवाको सुरुवात नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्यूआर कोड मार्फत भेटी चढाई गरेका हुन् । कार्यक्रममा बोल्दै अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्यूआरकोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताए ।

धनगढीका रिक्सा चालकलाई मेगा बैंकको क्यूआर कोड सेवा

काठमाडौं । धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएको छ । क्यूआर कोड सेवा लिएसँगै विद्युतीय रिक्सा चालकहरू हर्षित भएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरू खुसी भएका हुन् । नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्

नेपाल बैंकको क्यूआर कोड सेवा

नेपाल बैंकले कर्णाली प्रदेशमा डिजिटल प्रविधिमार्फत क्यूआर कोड सेवाको सुरुवात गरेको छ । नेपाल बैंकको सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनीले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरी क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गरेर क्यूआर कोड वितरण सुरु गरेका हुन् । उनले समयको परिवर्तनशिलतलाई आत्मसाथ गरी प्रविधिको अनुसरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए ।उद्योग […]

एनएमबिको क्यूआर कोड सेवा गैंडाकोटमा

नवलपरासीको गैडाकोटमा शाखा कार्यालय रहेको एनएमबि बैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्टद्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारका व्यवसायीलाई क्यूआर कोड सेवा सुरु गरेको छ ।गैडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले व्यवसायीहरुलाई क्यूआर कोड सेवा हस्तान्तरण गरेका हुन् । न्यौपानेले क्यूआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।एनएमबि […]

रुपन्देहीको योगिकुटी हाटबजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड

रुपन्देही जिल्लाको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा माछापुच्छ्रे बैंकले क्यूआर कोड सेवा शुरू गरेको छ । बिहीवार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाँलले उक्त स्थानमा क्यूआर कोड सेवाको शुरुवात गरेका हुन् । उक्त क्यूआर कोड सेवा शुरू भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम क्यूआर कोडबाट भुक्तानी गर्न सकिनेछ ।

एनएमबि बैंकको क्यूआर कोड सेवा विराटनगरमा

विराटनगरमा अटोरिक्सा चढेवापतको भाडा अब क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज रूटमा चल्ने अटोरिक्सा चढ्दा क्यूआर कोड प्रयोग गरी भुक्तानीको व्यवस्था एनसीसी बैंकले मिलाएको हो ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्यूआर कोडमार्फत भुक्तानी हुने अभियान सुरूवात गरेका हुन् । चालकहरुलाई एनसीसी बैंकले […]

धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सञ्चालनमा

माछापुच्छ्रे बैंक लि. ले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलवार नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले सो हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त क्यूआर कोड सेवा शुरू भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।