माछापुच्छ्रे बैंक लि. ले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ ।
मंगलवार नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले सो हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् ।
उक्त क्यूआर कोड सेवा शुरू भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।