२९ फागुन, सुर्खेत । गन्हाइरहेको फोहोरको डंगुरमा झिंगा भन्किरहेका छन् । आहाराको खोजीमा रहेका कुकुर र गाईवस्तु त्यहीं झुम्मिएका छन् । त्यही डंगुरछेउमा पुत्पुताइरहेको छ, बाक्लो धुवाँको मुस्लो पनि । यो दृश्य हो, वीरेन्द्रनगर-१, तारेभिरमा रहेको ल्याण्डफिल साइटको । वीरेन्द्रनगर शहरको फोहोर यहीं विसर्जन गरिन्छ । आइतबार अपरान्ह ४ः३० बजे त्यहाँ पुग्दा कृष्ण रोकाय (३२) […]