बुटवल : गुल्मीको रेसुंगा विमानस्थलमा आइतवार ‘डेमो फ्लाइट’ हुने भएको छ। तारा एयरको ट्विनअटर जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसुंगा विमानस्थलमा उडान भर्ने भएको हो।
रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा लामो समयपछि ‘डेमो फ्लाइट’ हुन लागेको हो। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तारा एयरलाई अनुमति प्रदान गरेको छ।…