इजरायल पठाउन रोजगार सम्झौता भएका कामदारलाई किन रोकियो?

काठमाडौं : वैदेशिक रोजगारीका लागि इजरायल रोजगारीमा जान अन्तिम श्रम सम्झौता भएका कामदार रोजगारीमा जान पाएका छैनन्। नेपालस्थित इजरायली दूतावासले इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको श्रम विवादका कारण नेपाली कामदारका लागि भिसा जारी गर्न नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ। नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलको पिवाले १ हजार १७५ जना छनोट गरेको थियो। तीमध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरिएको थियो। वैदेशिक रोजगार विभाग इजरायल शाखा