नाबालिगलाई बलात्कार गरेर फरार रहेका बर्दिया जिल्लाको गुलरिया नगरपालिका-१२ बस्ने अन्दाजी ४० वर्षका श्रीराम चमार पक्राउ परेका छन् । चमारमाथि गत चैत १५ गते सोही स्थान बस्ने ६ वर्षकी नाबालिगलाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोप छ ।घटनाको सूचना पाएपछि चमारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालित गरे पनि उनी घटनास्थलबाटै फरार रहेका थिए । उनको खोजतलास गर्दै जाने क्रममा लुकिछिपी बसेको अवस्थामा साउन २ गते पक्राउ गरिएको प्रहरी नायव उपरीक