काठमाडौं : मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई बलात्कार गरी फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका-१ का ३५ वर्षीय उमाशंकर गिरीलाई आइतबार सोही नगरपालिकास्थित छप्कैयाबाट पक्राउ गरेको हो।पर्साका डिएसपी ओमप्रकाश खनालका अनुसार गिरीले २०६२ जेठ २ गते मध्यरातमा नामथर र ठेगानासमेत बताउन नसक्ने अवस्थामा रहेकी २६ वर्षीया महिलालाई बलात्कार गरी भागेका थिए।प्रहरीको प्रतिवेदन जाहेरीअनुसार उनीविरुद्ध सरकारी वकिलले मुद्दा चलाएर जिल्ल