पश्चिम बंगाल चुनावमा दुई पूर्वक्रिकेटर: ममताको पार्टीबाट उठेकाले जिते, भाजपाबाट लडेकाले हारे
भारतीय टिमबाट खेलिसकेका तीव्र गतिका बलर अशोक डिंडाले भारतीय जनता पार्टी (भाजपा) बाट टिकट पाएका थिए भने अलराउन्डर मनोज तिवारी तृणमूल कांग्रेसबाट चुनावी मैदानमा थिए।
बलिउड अभिनेता मिथुन चक्रवर्तीले पश्चिम बंगाल विधानसभा निर्वाचनभन्दा ठीकअघि भारतीय जनता पार्टीको सदस्यता लिएर भाजपाका लागि चुनाव प्रचार गरेको भए पनि त्यसको कुनै परिणाम देखिएको छैन ।
मिथुनले ‘म असली गोमन साँप हुँ, डसें भने तस्वीर बन्नेछौ’ भन्दै फुइँ लगाएका थिए ।
भाजपाले मिथुनलाई बंगालको छोराका रूपमा प्रस्तुत गरेर भोट बटुल्नका लागि कोशिश गरेको थियो । ममता बनर्जीले आफूलाई बंगालकी छोरी भनी आक्रामक रूपमा प्रचार गर्दा त्यसलाई टक्कर दिन मिथुनलाई अघि सारिएको थियो ।
मिथुन चुनावमा निकै...
एजेन्सी। कतिपय भारतीय मिडियाले हालै असम र पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनमा चीनले प्रभाव पार्न खोजेको आरोप लगाएका छन्। चीन वामपन्थको गढ भएकाले भारतका ती क्षेत्रमा पनि कम्युनिस्टलाई जिताउन अप्रत्यक्ष आर्थिक मद्दतसमेत गरेको मिडियाको आरोप छ। पश्चिम बंगालमा वामपन्थीका तीन पार्टी मिल्दा केवल पाँच प्रतिशत भोट आएको थियो। त्यसपछि भने मिडियाले चीनको चाहना पूरा हुन नसकेको उल्लेख गरेका छन्।
एजेन्सी । फिल्म निर्माता रुदेन सादा लेप्चाले पश्चिम बंगालको विधानसभा चुनावमा जित हासिल गरेका छन् । उनले स्वतन्त्र विधायकका रुपमा कालिम्पोङबाट चुनाव जितेका हुन् ।रुदेन सादा फिल्म क्षेत्रको विकास र प्रवद्र्धनमा सक्रिय छन् । दुई वर्षअघि उनको निर्माणमा तयार भएको ‘आप्पा’ नामक फिल्म भारत र नेपालमा एकसाथ प्रदर्शन भएको थियो । यस फिल्ममा दयाहाङ राई, तुलसी घिमिरेसहितका कलाकारहरुले अभिनय गरेका थिए ।
भारतको पश्चिम बंगाल विधानसभाअन्तर्गत शनिबार पाँचौं चरणको चुनाव सकिएको छ । चुनावमा करिब ७९ प्रतिशत मत खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ६ जिल्लाका ४५ सिटका लागि शनिबार भएको चुनावमा ३ सय १९ जना प्रतिस्पर्धी छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कोरोना संक्रमण पुष्टि भएको छ।
मुख्यमन्त्रीबाट कार्यालयका धेरै अधिकारी र कर्मचारीहरूको कोरोना संक्रमण देखिएपछि उनले मंगलबार स्वाव दिएका थिए। मुख्यमन्त्रीले सोशल मिडियामा आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘सुरुवाती लक्षण देखिएपछि मैले कोभिड परीक्षण गराएको थिएँ। मेरो रिपोर्ट पोजेटिभ आएको छ।’ ५ अप्रिल उनले कोरोना खोपको पहिलो भ्याक्सिन लगाएका थिए। पछिल्लो समय योगीले पश्चिम बंगाल चुनावमा निरन्तर चुनावी बैठकहरू गर्दै आएका ...
पश्चिम बंगालको चुनाव सधैं नयाँ लहर र उत्साह लिएर आउँछ । अहिले यहाँ, २ सय ९४ सिटका लागि आठ चरणमा निर्वाचन भइरहेको छ । २७ मार्च, १ अप्रिल, ६ अप्रिल र १० अप्रिलमा गरी चार चरणमा अहिलेसम्म १ सय ३५ सिटमा मतदान भइसकेको छ । बाँकी १ सय ५९ सिटमा १७ अप्रिल, २२ अप्रिल, २६ अप्रिल र २९ अप्रिलमा मतदान हुनेछ ।चुनावमा व्यस्त कोलकातामा यसपटक केसर (भाजपाको झन्डाको रंग) पनि बिस्तारै टल्कँदै छ । पहिले पुरै शहरमा ममता बेनर्जी ‘दिदी’ का ठूला–ठूला होर्डिङ र पोस्टर थिए । अहिले प्रधानमन्त्री नरेन्द्र मो
पश्चिम बंगालमा भारतीय जनता पार्टी सत्तारूढ दल तृणमूल कांग्रेसका लागि सबभन्दा ठूलो चुनौतीका रूपमा उदाएको छ । भाजपाले चुनाव जित्न अनेकौं उपाय रचिरहेको छ तर टिकट वितरणको सवालमा उसलाई समस्या परिरहेको छ । बाहिरका मान्छे वा स्टारहरूलाई चुनावको टिकट दिइँदा भाजपाका कार्यकर्ताहरू रिसाएका छन् । उनीहरूले बंगालका कतिपय ...