पश्चिम बंगाल चुनाव–मोदीको भाजपाले 'दिदी'को गढ भत्काउला ?

पश्चिम बंगालको चुनाव सधैं नयाँ लहर र उत्साह लिएर आउँछ । अहिले यहाँ, २ सय ९४ सिटका लागि आठ चरणमा निर्वाचन भइरहेको छ । २७ मार्च, १ अप्रिल, ६ अप्रिल र १० अप्रिलमा गरी चार चरणमा अहिलेसम्म १ सय ३५ सिटमा मतदान भइसकेको छ । बाँकी १ सय ५९ सिटमा १७ अप्रिल, २२ अप्रिल, २६ अप्रिल र २९ अप्रिलमा मतदान हुनेछ ।चुनावमा व्यस्त कोलकातामा यसपटक केसर (भाजपाको झन्डाको रंग) पनि बिस्तारै टल्कँदै छ । पहिले पुरै शहरमा ममता बेनर्जी ‘दिदी’ का ठूला–ठूला होर्डिङ र पोस्टर थिए । अहिले प्रधानमन्त्री नरेन्द्र मो

सम्बन्धित सामग्री

भारत : ममता बनर्जीले ट्विटरमा ब्लक गरिन् पश्चिम बंगालका गभर्नरलाई

भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले सोमवार गभर्नर जगदीप धनखडलाई ट्विटरमा ब्लक गरेकी छन् ।  उनले भनिन्, ‘दिनदिनै उनी सरकारी अधिकारीहरूलाई तारो बनाउँदै ट्वीटमार्फत आक्रमण गरिरहन्छन् मानौं हामी उनका बँधुवा मजदूर हौं ।’ धनखडले सन् २०२१ को विधानसभा निर्वाचनपछि लगातार ममता र बंगाल सरकारमाथि आक्रमण गरिरहेका छन् ।

पश्चिम बंगाल रेल दुर्घटनामा मर्नेको संख्या नौ पुग्यो

झापा : भारतको पश्चिम बंगालमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ। बिहीबार साँझ ५ बजे बिकानेर–गुवाहटी एक्सप्रेस रेल जलपाइगुढी जिल्लाको मयनागुरीको डोमहनी नजिकै दुर्घटना भएको थियो।गुडिरहेको रेलको डब्बा (बोगी) लिकबाट बाहिर खस्दा कयौँ यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अझै पनि डब्बाले यात्रुहरू थिचेको अधिकारीहरूले बताएका छन्। उद्धार भइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको जलपाइगुढीका डिएम मोमिता गोद्रा वसुल बताए।१२ वटा बोगी लिकभन्दा बाहिर खसेको छ। दुर्घटनामा

मैले देखेको दक्षिण बंगाल

हामी नेपालीलाई कोरोना कहरको लामो फुर्सद खासै ‘फुर्सद’ जस्तो लाग्दैन । तर हिन्दुहरूको महान चाड बडादशैंको पाँचदिने छुट्टी निकै महत्वपूर्ण र अर्थ बोकेको रहन्छ । मेरो पनि संयोगवश यसपटक भारतको पश्चिम बंगाल स्टेट घुम्ने र दशैं मनाउने अवसर जुट्यो । दशमीको भोलिपल्ट इटहरीबाट काँकडभित्ता मेची पुलहुँदै भारतको पानीट्याङ्की जाने क्रममा मेची पुलमा सुरक्षा निकै कडा […]

बंगाल निर्वाचनमा बाझाबाझ गरेपछि पहिलोपटक ममता बनर्जीले निवासमै भेटिन् मोदीलाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मोदीको निवासमा मंगलवार भेटघाट गरेकी छन् ।  बंगाल विधानसभा निर्वाचनमा मोदी र ममताबीच भएको बाझाबाझ र मनमुटावपछिको यो पहिलो भेटघाट हो ।  उनीहरूबीच गत मे महिनामा पनि क्षणिक भेटघाट भएको थियो । यास तुफानले गरेको क्षतिको समीक्षा बैठकका लागि मोदी बंगाल पुग्दा ममता बैठकमा ढिलो गरी आएकी थिइन् र तत्कालै फर्किएकी थिइन् । त्यसपछि केन्द्र सरकारले बंगालका मुख्यसचिव आलापन बन्द्योपाध्यायलाई फिर्ता बोलाएको थियो ।  ममताले दिल्लीमा कांग्रे...

पश्चिम बंगालमा ४३ मन्त्रीले लिए शपथ

एजेन्सी। भारतको पश्चिम बंगालमा ममता बनर्जी नेतृत्वको सरकारमा ४३ जनाले मन्त्री पदको शपथ लिएका छन्। पश्चिम बंगाल विधानसभामा अत्यधिक बहुमतका साथ विजयी भएपछि ममता बनर्जी लगातार तेस्रो पटक मुख्यमन्त्री बनेकी छन्। कोलकत्तास्थित राजभवनमा राज्यपाल जगदीप धनखडले सबै मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराएका थिए। तीन जना मन्त्रीले भने भिडियो कन्फ्रेन्सका माध्यमबाट शपथ लिएका थिए।

पश्चिम बंगाल र असम चुनावमा चीनले प्रभाव पार्न खोजेको आरोप

एजेन्सी। कतिपय भारतीय मिडियाले हालै असम र पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनमा चीनले प्रभाव पार्न खोजेको आरोप लगाएका छन्। चीन वामपन्थको गढ भएकाले भारतका ती क्षेत्रमा पनि कम्युनिस्टलाई जिताउन अप्रत्यक्ष आर्थिक मद्दतसमेत गरेको मिडियाको आरोप छ। पश्चिम बंगालमा वामपन्थीका तीन पार्टी मिल्दा केवल पाँच प्रतिशत भोट आएको थियो। त्यसपछि भने मिडियाले चीनको चाहना पूरा हुन नसकेको उल्लेख गरेका छन्।

पश्चिम बंगालको बदलिएकोे राजनीति

पश्चिम बंगालमा हिन्दुत्व राजनीतिले जरा गाडिसकेको छ र आगामी दिनमा पनि यो जबर्जस्त कायम रहनेछ आठ चरणसम्म चलेको बंगाल विधानसभाको चुनाव अन्तिम अवस्थामा पुग्दा एउटा कुरा स्पष्ट देखियो– पश्चिम बंगाल मात्र...

कसले जित्ला पश्चिम बंगाल चुनाव, के भन्छन् आँकडा ?

पश्चिम बंगालमा अन्तिम चरणको विधानसभा निर्वाचन बिहीवार समापत भएपछि विभिन्न एक्जिट पोल आइसकेका छन् ।  धेरैजसो एक्जिट पोलले ममता बनर्जीको तृणमूल पुनः सत्तामा आउने देखाइरहेका छन् । तर तीनवटा सर्वेमा भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ । सबै एक्जिट पोललाई औसतमा राखेर हेर्दा तृणमूल भाजपाभन्दा अलिकति अगाडि देखिएको छ तर भाजपाले उसलाई बहुमत पुग्न नदिएको देखिन्छ । औसतमा हेर्दा तृणमूलले १४३ र भाजपाले १३८ सीट जित्ने देखिन्छ । बहुमतका लागि १४७ सीट आवश्यक पर्छ ।  राज्यमा आठ चरणमा भएको निर्वाचनमा कुल ८१....

कोरोनाका कारण मोदीको आज पश्चिम बंगाल जाने कार्यक्रम रद्द

एजेन्सी। कोभिड–१९ को महामारीका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पश्चिम बंगाल भ्रमण रद्द भएको छ। पार्टीको चुनावी र्‍यालीलाई सम्बोधन गर्न मोदी पश्चिम बंगाल जान लागेका थिए। मोदीले ट्वीट गर्दै आफूले पश्चिम बंगाल जाने कार्यक्रम रद्द गरेको र कोभिड–१९ बारे छलफल गर्न उच्चस्तरीय बैठक गर्ने जानकारी दिएका छन्।

पश्चिम बंगाल विधानसभा निर्वाचनमा छैटौं चरणको मतदान, के गर्दैछ भाजपा ?

भारतको पश्चिम बंगाल राज्यको विधानसभामा छैटौं चरणको मतदान जारी छ । यस चरणमा चार जिल्लाका ४३ सीटमा मतदान भइरहेको छ ।  कुल ३०६ उम्मेदवारको भाग्यको परीक्षा भइरहेको छ ।  भारतीय जनता पार्टीले नागरिकताको वाचा, मतुआ फ्याक्टर, जुट मिल बन्द भएको विषय, बेरोजगारी र कृषि संकट लगायतका कुरा उठाइरहेको छ ।  भाजपा सांसद अर्जुन सिंहको वर्चस्व यी क्षेत्रहरूमा छ । उनी पहिले तृणमूल कांग्रेसमा थिए ।  उनले यी क्षेत्रहरूमा हिन्दूत्वको मुद्दा उठाएर ध्रुवीकरणको कोशिश गरेका छन् । विगत तीन वर्षमा यी क्षेत्रहरूमा रा...