पश्चिम बंगाल चुनाव– कालिम्पोङमा नेपाली फिल्म निर्माता रुदेन सादा विजयी

एजेन्सी । फिल्म निर्माता रुदेन सादा लेप्चाले पश्चिम बंगालको विधानसभा चुनावमा जित हासिल गरेका छन् । उनले स्वतन्त्र विधायकका रुपमा कालिम्पोङबाट चुनाव जितेका हुन् ।रुदेन सादा फिल्म क्षेत्रको विकास र प्रवद्र्धनमा सक्रिय छन् । दुई वर्षअघि उनको निर्माणमा तयार भएको ‘आप्पा’ नामक फिल्म भारत र नेपालमा एकसाथ प्रदर्शन भएको थियो । यस फिल्ममा दयाहाङ राई, तुलसी घिमिरेसहितका कलाकारहरुले अभिनय गरेका थिए ।