युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरूले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन् । शनिवार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरूको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यो भन्दा अगाडिको युवा पुस्ताले सङ्घर्ष गरेर नयाँ व्यवस्था ल्याएको उल्लेख गर्दै अबका युवाले देश विकासको बारेमा सङ्घर्ष गर्नुपर्ने बताएका ह