आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख बराबरको घातक रोग बीमाङ्क रकम भुक्तानी गरेको छ । कम्पनीले प्रदेश ३ हेटौडा शाखा कार्यालयबाट आइएमई धन सरिता(वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षा वरण समेत हुने गरी बीमाङ्क रकम २५ लाख बराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त […]

सम्बन्धित सामग्री

सानिमा बैंकद्वारा बीमा दाबी रकम भुक्तानी

काठमाडौं । सानिमा बैंकले घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले ‘सानिमा दीर्घायु बचत योजना’अन्तर्गत रू. ३ लाख रुपैयाँ बैंकका खातावाला राममाया अधिकारीलाई घातक रोग बीमा रकम भुक्तानी गरेको हो । बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । यस योजनाअन्तर्गत रू. १० लाखको दुर्घटना बीमा, रू. ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, रू. १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको रू. ५० हजारसम्मको औषधि उपचार बीमा, रू. ५० हजारको आवधिक जीवन बीमा र रू. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको बैंकको भनाइ छ ।

एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा गर्नेलाई २० लाख भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा वापत ग्राहकलाई २० लाख रकम भुक्तानी गरेको छ । सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल २० लाख रूपैयाँ बीमा रकम भुक्तानी गरेको हो । बैंकको नेपालगञ्ज शाखामा […]

एनआईसी एशिया बैंकद्धारा २० लाख रुपैयाँ घातक रोग बीमा भुक्तानी

काठमाडौँ, ३१ भदौ । एनआईसी एशिया बैंकले विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा […]

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापतको ३० लाख रकम प्रदान

एनआईसी एशिया बैंकले ग्राहकको परिवारहरुलाई सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गतको बीमा रकम प्रदान गरेको छ  । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत  बचत खाता खोलेक ३ जना ग्राहकहरुको दुर्घटनामा परि मृत्यु भएकाले मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले बीमा रकम भुक्तानी गरेको हो ।बीमा लाभ प्राप्त गर्नेमा मृतक ग्राहक  शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, मृतक ग्राहक टंक प्रसाद घिमिरेको श्रीमती डिली मै घिमिरे र  मृतक ग्राहक ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी रहेको बैंकले जनाएको छ। निज खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १४६७ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू. २ करोड ४० लाख, दुर्घटना बीमा वापत रू. ७० लाख र मेडिकल बीमा वापत रू. ३ करोड ३ लाख गरी कुल रू. ६ करोड १३ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकद्वारा १० लाख बराबरको बीमा रकम भुक्तानी

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनामा उपलब्ध १० लाख बराबरको घातक रोग बीमा रकम खातावालालाई भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू  प्रिमियम सुपर चमत्कारिक बचत योजनाअन्तर्गत डायमन्ड श्रेणीको खाता खोलेका भीमसेनगोलाका श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमाबापत १० लाख बीमा रकम भुक्तानी गरिएको हो । पन्तलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले बताएको छ । बैंकको बीमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० भन्दा बढी ग्राहकले बीमाबापत ४ करोड ३० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् । बैंकले सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणीअन्तर्गत ५ वर्षका लागि खातावाला एवं निजले मनोनीत गरेका ३ अन्य व्यक्तिको प्रतिव्यक्ति  २१ लाख गरी ८४ लाखसम्मको बीमा पाइने व्यवस्था गरेको छ ।

एनआईसी एशिया बैंकद्वारा घातक रोग बापतको १० लाख बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोग बीमा दाबी भुक्तानी बापतको १० लाख रुपैयाँ एकजना खातावालालाई हस्तान्तरण गरेको छ । ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजना अनुसार काठमाडौंस्थित भिमसेनगोलाका ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमा बापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । पन्तले काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू […]