झापा। नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा झापा गाउँपालिका–१ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।