अप्राकृतिक मैथुन मुद्दामा फरार रहेका २४ वर्षीय सुक्लो सोरेनलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ साल फागुन १ गते उच्च अदालत बिराटनगरले सोरेनलाई दोषी ठहर गर्दै सजाय सुनाएपछि उनी फरार रहेका थिए ।उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढी भद्रपुरमा उपस्थित गराएको हो । कैद भुक्तानको लागि उनलाई कारागार कार्यालय चन्द्रगढी पठाउने अदालतको आदेश बमोजिम हाल सोरेनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी