गुल्मी। चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा चन्द्रकोट गाउँपालिका बस्ने पीडितकै हजुरबुवालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। घरमा कोही नभएको अवस्थामा उनले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।