प्रतिक्विन्टल ६ सय रुपैयाँ तोक्न उत्पादकको माग

सरकारले उखुको मूल्य निर्धारण गर्नका लागि सरोकारवालासँग छलफल गरेको छ । उखुको क्रसिङ सिजन नजिकिएकाले यस वर्षको उखुको बिक्री मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल उखु उत्पादक महासंघसहिका सरोकारवाला निकायसँग छलफल गरेको हो ।यसवर्ष उखुको मूल्य यसैसाता तोक्ने गरी तयारी भइरहेको मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले जानकारी दिए । यस वर्ष उखुको मूल्य तोक्ने […]

सम्बन्धित सामग्री

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

सर्लाही । चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष विक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । गत वर्ष उखु विक्री गरेबापत राज्यले दिनुपर्ने प्रतिक्विन्टल रु ७० मध्ये हालसम्म प्रतिक्विन्टल रु २१ मात्रै भुक्तानी भएको र बाँकी प्रतिक्विन्टल रु ४९ अनुदान बापतको रकम यथाशीघ्र भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ ।  साथै चालु यामको लागि उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गराउनुपर्ने उनीहरूको भनाइ छ । मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुका हरिया लाथ्रा प्रदर्शन गरेर गत शनिवारदेखि आन्दोलनका कार्यक्रम जारी रहेको जानकारी दिए । उनका अनुसार चालु यामका लागि उखुको मूल्य रु सात सय ५० तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदान बापतको प्रतिक्विन्टल रु ७० मध्ये हालसम्म पनि भुक्तानी हुन बाँकी रहेको प्रतिक्विन्टल रु ४९ का दरले रु ५२ करोड रकम तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग किसानको छ ।  नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले चालु यामको उखुको प्रतिक्विन्टल मूल्य निर्धारण नभएको र अनुदान बापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको गुनासो गरे । उनले यस्तो अवस्थामा जिल्लाका उखु उत्पादक किसानले चिनी उद्योग सञ्चालन नगर्नसमेत आग्रह गरेको बताए । उनका अनुसार उखुको लागत र चिनीको विक्री मूल्य अनुसार उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० हुनुपर्ने, गत वर्ष उखु विक्री गरेको अनुदान बापतको बाँकी रु ५२ करोड राज्यले तत्काल भुक्तानी गर्नुपर्ने र कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उद्योगपति र उखु उत्पादक किसानबीच वार्ता गर्नुपर्ने उनीहरूको भनाइ छ । रासस

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। तिहारको लागि २५ लाख सयपत्री फूलको माला आयात गरिने भएको छ। सरकारसँग किसानले उखुको मूल्य प्रतिक्विन्टल साढे सातसय रुपैयाँ कायम गर्न माग गरेका छन्। भुकम्पले घरविहीन भएका परिवारका लागि चौधरी ग्रसुपले ‘ट्रान्जिसनल होम’ बनाइदिने घोषणा गरेको छ। तीन महिनाभित्र कालोपत्र सक्ने भनिएको हुलाकी सडक निर्माणको काम ६ वर्षसम्म पनि पुरा हुन सकेको छैन।

देखापढी विजिनेश न्यूज

काठमाडौं।विदेशमा बस्ने नेपालीलाई लक्षित आईपीओमा अपेक्षाभन्दा कम १२ हजारजनाले मात्रै सेयर किन्न रुचि देखाए। नेपालगञ्ज क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले सन् २०५० सम्मको माग धान्ने विद्युत प्रणाली बनाउने भएको छ। सुख्खायाम लागेसँगै उत्पादन घटेपछि भारतबाट बिजुली किन्न थालियो। उखुको मूल्य प्रतिक्विन्टल ७०५ रुपैयाँ कायम गर्न सर्लाहीका किसानले माग गरेका छन्। नेपाली कच्चा पदार्थको प्रयोग गरी बारामा टायल उत्पादन सुरु गरिएको छ।

'सरकारले तोकेको उखुको समर्थन मूल्य मान्दैनाैं, किसानमाथि धोका भयो'

सरकारले तोकेको उखुको समर्थन मूल्यमा राष्ट्रिय कृषि श्रमिक संघ नेपालले आपत्ति जनाएको छ ।  सरकारले तोकेको समर्थन मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यो किसानप्रतिको धोका भएको संघको भनाइ छ ।  सरकारले पुस २१ मा उखुको समर्थन मूल्य ५९० रूपैयाँ प्रतिक्विन्टल निर्धारण गरेको थियो । तर, किसानहरूले भने ७०० रूपैयाँ प्रतिक्विन्टल हुनुपर्ने माग गरेका थिए ।  ‘सरकारले उद्योगीहरूको हित रक्षाका लागि यो समर्थन मूल्य कायम गरेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘किसानको हितमा समर्थन मूल्य काय...

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकियो : किसानको असन्तुष्टि

काठमाण्डाै - सरकारले यस वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो । किसानले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ माग गरेका थिए भने उद्योगीले पाँच सय ८० रुपैयाँ प्रति क्विन्टल हुनुपर्ने माग गरेका थिए । सरकारले तोकेको मूल्यमा अनुदान प्रतिक्विन्टल ७० रुपैयाँसमेत जोडिएको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५ सय २० रुपैयाँ हो । ...

मन्त्रिपरिषद् बैठकबाट उखुको मूल्य निर्धारण : प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ गरेको छ । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो । किसानले ६५० रुपैयाँ प्रति मेट्रिकटन माग गरेको थियो भने उद्योगीहरुले ५८० रुपियाँ मेट्रिकटन हुनुपर्ने माग गरेको थियो । उखुको मूल

नगदे होइन ऋणे बाली बन्दै उखुखेती, मूल्य नतोक्दै मिल सञ्चालनमा

आफूहरुले प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ हुनुपर्ने माग सहित कृषि मन्त्रालयमा लिखित पत्र बुझाएको भन्दै उद्योगीहरूले सरकारसँग मिलेर ढिलासुस्ती गरिरहेको उहाँको आरोप छ ।

उखुको मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँको माग

काठमाडौं । किसानले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ हुनुपर्ने माग गरेका छन् । सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ नतोके उखु किसानको लागत मूल्यसमेत नउठ्ने उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । अध्यक्ष मैनालीले भने, ‘विश्वास छ, यसपटक सरकारले हाम्रो माग सम्बोधन गर्नेछ । उखुको लागत […] The post उखुको मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

उखुको मूल्य प्रतिक्विन्टल ६ सय तोक्न उत्पादकको माग

सरकारले उखुको मूल्य अर्काे साता निर्धारण गर्ने भएको छ । उखुको क्रसिङ सिजन नजिकिएकाले यस वर्षको उखुको बिक्री मूल्य तोक्न सरोकारवाला निकायसँग छलफल भइसकेकाले आउँदो साता मूल्य निर्धारण गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।वैज्ञानिक र व्यावहारिक ढंगले उखुको मूल्य निर्धारण गरिने मन्त्रालयले बताएको छ । प्रत्येक वर्ष सरकारले उखुको समर्थन […]

उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ तोक्न किसानको माग

तीन वर्षदेखि मूल्य निर्धारण रोकिएकाले यस वर्ष ठूलो अन्तरले बढाउनुपर्ने उखु किसानको माग तीन वर्षअघि प्रतिक्विन्टल पाँच सय ३६ निर्धारण गरिएकोमा गत वर्ष जम्मा पाँच सय ४४ पुर्‍याइयो यस वर्षका लागि उखुको...