'सरकारले तोकेको उखुको समर्थन मूल्य मान्दैनाैं, किसानमाथि धोका भयो'

सरकारले तोकेको उखुको समर्थन मूल्यमा राष्ट्रिय कृषि श्रमिक संघ नेपालले आपत्ति जनाएको छ ।  सरकारले तोकेको समर्थन मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यो किसानप्रतिको धोका भएको संघको भनाइ छ ।  सरकारले पुस २१ मा उखुको समर्थन मूल्य ५९० रूपैयाँ प्रतिक्विन्टल निर्धारण गरेको थियो । तर, किसानहरूले भने ७०० रूपैयाँ प्रतिक्विन्टल हुनुपर्ने माग गरेका थिए ।  ‘सरकारले उद्योगीहरूको हित रक्षाका लागि यो समर्थन मूल्य कायम गरेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘किसानको हितमा समर्थन मूल्य काय...

सम्बन्धित सामग्री

चिनीको कृत्रिम अभाव देखाएर मूल्यमा निरन्तर ठगी

उखुको समर्थन मूल्य तोकिएसँगै अब उत्पादनका आधारमा चिनीको मूल्य निर्धारण गर्छौँ ः उद्योग मन्त्रालय बजारमा चिनी अभाव हुन थालेको करिब चार महिना बितिसक्दा पनि आपूर्तिमा सहजता आएको छैन । व्यवसायीहरूले गरेको कृत्रिम...

सर्लाहीका उखु किसानले गरे आन्दोलनको घोषणा

उखुको समर्थन मूल्य तथा गत सिजन उखु बेचेको अनुदान रकम माग्दै सर्लाहीका उखु किसानले आन्दोलन गर्ने तयारी गरेका छन् । बिहीबार विभिन्न उखु किसानसम्बद्ध संघ संगठनले पत्रकार सम्मेलन गरेर आन्दोलनको तयारी...

उखुको समर्थन मूल्य सच्याउन माग

सर्लाही । सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् । सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोकेको बताए पनि यसबाट आफूलाई फाइदा नहुने उनीहरुले जनाएका छन् । उखु क्रसिङको सिजन सुरु भएको निकै समयपछि सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० […]

सरकारले तोक्यो उखुको न्यूनतम समर्थन मूल्य

सरकारले उखु किसानको माग सम्बोधन गर्दै उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५२० रूपैयाँ तोकिएको हो ।  सोमवार र बिहीवार बसेका मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/७९ उखुको समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अब चिनी मिलले किसानको उखु खरिद गर्दा अब कम्तीमा पनि ५२० रूपैयाँ तिर्नु पर्नेछ ।  सरकारले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख आर्थिक सहायता गर्ने निर्णय गरेको छ । यस्तै सरकारले दार्चुलामा नेपाल...

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकियो : किसानको असन्तुष्टि

काठमाण्डाै - सरकारले यस वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो । किसानले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ माग गरेका थिए भने उद्योगीले पाँच सय ८० रुपैयाँ प्रति क्विन्टल हुनुपर्ने माग गरेका थिए । सरकारले तोकेको मूल्यमा अनुदान प्रतिक्विन्टल ७० रुपैयाँसमेत जोडिएको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५ सय २० रुपैयाँ हो । ...

मन्त्रिपरिषद् बैठकद्वारा उखुको समर्थन मूल्य निर्धारण

काठमाडौँ– सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो । कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो । सरकारले उखुको समर्थन मूल्य गतवर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढाएको छ । तर किसानहरुले भने ६५० रुपैयाँ […]

सरकारले गत वर्षभन्दा बढाएर तोक्यो उखुको समर्थन मूल्य

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्ले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो ।  कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको थियो ।

यो वर्ष पनि रुन थाले उखु किसान, सरकारले समर्थन मूल्य नतोक्दा उधारोमै बेच्न बाध्य

सरकारले नगदेबाली उखुको समर्थन मूल्य निर्धारण नगरिदिँदा किसान मारमा परेका छन् । खेतमै उखु सुक्न लाग्दासमेत सरकारले मूल्य नतोकेपछि किसानले उद्योगलाई बिना मूल्य नै उखु बुझाउन थालेका छन् । यसको अर्थ हो : यो हिउँदमा फेरि उखु किसानलाई राज्य र उद्योगीले रुवाउन थालेका छन् ।यद्यपि, कृषि मन्त्रालयबाट उखुको मूल्य निर्धारण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस आइसकेको छ । गत साता बिहीबार नै कृषि मन्त्रालयले उद्योग मन्त्रालयमा मूल्य निर्धारणका लागि सिफारिस गरिसकेको छ । कृषि तथा पशुपन्छी विकास

उखुको समर्थन मूल्य तोक्न ढिलाइ

उखुको क्रसिङ सिजन सुरु भइसक्दा पनि सरकारले उखुको समर्थन मूल्य निर्धारण नगर्दा किसान मारमा परेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्दा उखु उत्पादक मारमा परेका हुन् । सरोकारवाला निकायसँग छलफल गरेर एक साता अघि नै मूल्य निर्धारण गर्ने भनिए पनि मन्त्रालयले अझै मूल्य प्रस्ताव गरेको छैन ।नेपाल उखु उत्पादक […]